–अर्जुन खतिवडा
काठमाडौं ।विश्वभभरि माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो चरणमा चैत्र ११ गतेबाट मुलुकभरि जारी गरेको लकडाउनको अवधिमा सहकारीकर्मीहरुलेआफ्नो स्वास्थ्यलाई जोखिममाराखेर भएपनि सदस्यहरुको मन जित्न सफल भएका छन् । विपत्को घडीमा पनि सदस्य र समुदाय माझ प्रभावकारी सेवा प्रवाह गरेका कारण सहकारी संस्थाहरुको विश्वसनीयता थप उँचो भएको छ ।
लकडाउनको समयमा अधिकांश सहकारी संस्थाले सदस्यको घर घरमै कर्मचारी पठाएर निक्षेप भुक्तानी दिए । कतिपय सहकारी संस्थाहरुले आंशिक रुपमा कार्यालय खोलेरसदस्यहरुलाई आवश्यकताका आधारमा बचत रकम भुक्तानी गरेका थिए ।
विशेषगरी सहर बजारमा रहेका सहकारीले संचालक र कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनको अनुमतिपत्र जारी गर्न कञ्जुस्याईं गरेको अवस्थामा पनि स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरेरसदस्यलाई निरन्तर सेवा प्रवाह गरिरहे ।
माहामारीको अवस्थामा पनि सहकारीले निर्वाह गर्नुपर्ने सामाजिकउत्तरदायित्व वहन गदै वित्तीय सेवाका साथ साथै अतिरिक्तकोरोना भाइरसको त्रासमा रहेकासदस्यलाई संक्रमणको जोखिम र स्वास्थ्य सतर्कताको विषयमा सचेतना दिनुका साथै विज्ञबाट मनोपरामर्श समेत दिएका छन् ।धेरै सहकारीहरुले आफ्ना सदस्य, स्थानीय निकाय तथा अग्रपङ्क्तिमा रहेर काम गर्ने सामाजिक अभियन्ताहरुलाई मास्क, सेनिटाईजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण गरेका छन् ।
विभिन्न उत्पादनसँग जोडिएका सहकारी संघ÷संस्थाहरुले लकडाउनको समयमा कृषकले उत्पादन गरेको तरकारी, दुध र फलफूल बिक्री बितरण गर्नका लागि बजारको व्यवस्था गरेर उपभोक्ता सम्म ल्याउन सहजीकरण गरिदिएका छन् । यसबाट किसानको लगानी र मेहनत खेर जानबाट जोगिनुका साथै उपभोक्ताले समेत उचित मूल्यमा तरकारी खरिद गर्न पाए ।
विपत्को समयमा सहकारीमा पर्न सक्ने जोखिम न्यूनिकरण गर्नाका लागिराष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघहरु,राष्ट्रिय सहकारी बंैकर जिल्ला स्तरीय संघहरु एकजुट भएका छन् । ती छाता संघहरुले विषम परिस्थितिमा पनि सहकारी संस्थाको सेवासुचारु गर्नका लागि निरन्तर सहयोग र समन्वय गरेका कारण सहकारी संघ÷संस्थाहरुले आफ्ना सदस्यहरुलाई अटुट् सेवा दिन सहज भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारी संघ÷संस्थाहरुले समुदायमा सामाजिक क्रियाकलाप समेत गरेका छन् । सदस्यहरुका लागि घरदैलो सेवा,निरन्तर संवाद,ब्याजमा छुट, लकडाउन कर्जा र विमा लगायतका सेवा दिएका सहकारीले समुदाय स्तरमा कोरोना भइरस बारे जनचेना जगाउने तथा माक्स, सेनिटाइजर र राहत सामाग्री वितरण गरेका छन् । धेरै सहकारीले स्थानीय तहले खडा गरेको राहत कोषमा नगद सहयोग गरेका छन् ।
माहामारीको समयमा सहकारीको गतिशीलतालाई निरन्तरता दिनका लागि सहकारी अभियानका विभिन्न संघ÷संस्थाहरुले भर्चुअल माध्यमबाट तालिम,गोष्ठी, अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम निरन्तर रुपमा संचालन गरे ।
सरकारले सहकारीलाई अत्यावश्यकीय क्षेत्रमा समावेश नगर्दा धेरै सहकारीकर्मीहरुले सेवा प्रवाह गर्नका लागि आवागमन गर्दा झमेला ब्यहोर्नुपर्यो । सहकारीलाई नियमन गर्ने राज्यको एउटा निकायले संस्थालाई कार्यालय खोलेर सदस्यलाई वित्तीय सेवा दिन निर्देशन जारी गर्ने अनि अर्को निकायले कार्यालय जानका लागि पास उपलब्ध नगराउने द्वैध चरित्रप्रदर्शन गरेकाले धेरै सहकारीकर्मीहरुले सास्ती खेप्नुप¥यो । यस्तो प्रतिकुल अवस्थामा पनि सहकारी संघ÷संस्थाका कर्मचारी तथा संचालकहरुले आफ्ना सदस्यहरुलाई निरन्तर सेवा दिएर सहकारीले जस्तो सुकै कठिन परिस्थितिमा सेवा दिन सक्छन् भन्ने विश्वास आर्जन गर्न सफल भएका छन् ।
छाता संघहरुको भूमिका
माहामारीवाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्नाका लागि विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक र जिल्ला स्तरीय संघहरुले विपत् ब्यवस्थापन कोष समेत स्थापना गरेका छन् ।
कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाको समयमा बचत तथा ऋण सहकारी संस्थाका जिल्ला स्तरीय छाता संघहरुले पनि परिस्थिति सामान्यीकरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । सदस्य संस्थाहरुको कार्यालय संचालन गर्न आवश्यक पासका लागि प्रशासन कार्यालयमा ‘लबिईङ्ग’ गर्नुका साथै तरलता व्यवस्थापनका लागि कोष खडा गरेका छन् ।
राष्ट्रिय सहकारी माहासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानले हाल १० करोड भन्दा बढी कोभिड रोकथाम, नियन्त्रणतथा उपचार कोषमा सहयोग गरेको बताउनुभयो । देशभरिका सहकारी संघ÷संस्थाहरुले महासंघ मार्फत सहयोग गरको बताउनुभयो । कतिपय सहकारीले स्थानीयतहले स्थापना गरेको राहत कोष मार्फत सहयोग गर्नुका साथै कोरोना भइरस सवन्धी चेतनामूलक प्रचार प्रचार गरेको जानकारी दिनुभयो ।
सदस्य तथा स्थनीय समुदायसंगको सहकार्य र समन्वयमा राहत वितरण कार्यमा सहकारी अभियानले सहयोग गरेको बताउनुभयो । लकडाउन जारी रहेको अवधिमा राज्यले सवारी पासमा अंकुशलगाए पनि सहकारीले आफ्ना सदस्यलाई निरन्तर सेवा प्रवाह गरेरसिंगो अभियानप्रति विश्वसनीयताबढाएको उहाँको भनाई छ ।
यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले सदस्य संघ÷संस्थालाई सहयोग गर्न १ अर्वको विपत् ब्यवस्थापन कोष स्थापना गरेको बताउनुभयो । परिस्थिति मूल्याङ्कन गरेर आगमी दिनमा कोषको रकम वृद्धि गर्दै लाने बताउनुभयो ।
राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी. उप्रेतीलेहाल १ अर्वको कोष स्थापना गरेको जानकारी दिदै तरलता अभाव हुने संघ÷संस्थालाई कोषको रकम लगानी गर्ने बताउनुभयो ।
ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईलेसंघले ५ सय २४ ओटा सदस्य संस्थाहरुलाई महामारीबाट पुगेको असर बुझ्न संस्थाको अवस्था, तरलता, संक्रमितको अवस्था, संस्थाले गरेका सामाजिक कामबारे प्रश्न राखेर तयार पारेको सर्वेक्षण फारम पठाएको जानकारी दिनुभयो । साथै संघले आफ्ना सदस्य संस्थालाई फोन र एसएमएस मार्फत समेत सम्पर्क गरिरहेको बताउनुभयो ।
संघले विषम परिस्थितिमा सहकारीलाई सहयोग गर्न स्थापना गरेको १० करोड रुपैयाँको कोरोना आपतकालिन कोषबाट अहिले सम्म साढे ४ करोड रुपैयाँ सहकारीलाई वितरण गरिसकेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले तरला अभाव भएका सदस्य संस्थालाई जिल्ला बचत संघले ४० लाख रुपैयाँ सम्म बिनाधितो कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो । पहिलो चरणको लकडाउन जारी रहेको समयमा पनि सहकारीलाई तरलताको अभाव नहोस भनेर संघले पाँच लाख रुपैयाँ सम्म आपतकालीन रकम उपलब्ध गराएको बताउनुभयो ।
यसैगरी काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का कोषाध्यक्ष निरञ्जन सेढाईले सदस्य संस्थालाई तरलतको अभाव हुँदा उपलब्ध गराउन संघले पछि बृद्धि गर्दै लैजानेगरी ५ करोड रुपैयाँको व्यवस्थापन कोष खडा गरेको बताउनुभयो ।
‘संघले एकैदिन दुई करोड रुपैयाँ ऋण प्रवाह गरेको छ,’ उहाँले भन्नुभयो, ‘संस्थाको संचालक समितिको जमानीमा हामीले माग भएको दुई दिन भित्र ऋण परिचालन गरिरहेका छौं ।’
सदस्यलाई घरमै भुक्तानी सेवा
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछिमानिसहरुबीच सुरक्षित भौतिक तथा सामाजिक दुरी कायम राख्नुपर्ने वाध्यत्मक परिस्थिति सिर्जना भयो । यसबाट सहकारी संस्थाहरुको कारोबारमा समेत प्रत्यक्ष असर प¥यो । सरकारले कोरोना संक्रमण फैलिन नदिन मुलुकमा लकडाउन जारी गरेर हिँडडुलमा प्रतिवन्ध लगाएपछि सहकारीका सदस्यलाई संस्थाको कार्यालय सम्म पुगेर पैसा झिक्न सम्भव भएन् ।
कार्यालय संचालन गरेर पनि विषम परिस्थितिमा सदस्यलाई सेवा दिन नसक्ने भएपछि उपत्यका भित्रका सहकारीले कर्मचारी खटाएर सदस्यको घरमै निक्षेप भुक्तानी दिने व्यवस्था मिलाए । यसबाट लकडाउनका कारण पेशा, व्यापार, व्यवसाय बन्द भएर नियमित आयश्रोत गुमाएर बसेका सहकारीका सदस्यलाई दैनिक उपभोग्य बस्तु खरिद, औषधि उपचार लगायतको अत्यावश्यकीय कामका लागि पैसा जुटाउन सजिलो भयो ।
सदस्यले लगेको ऋणको किस्ता, सावाँ तथा व्याज प्राप्त नभएकाले सहकारीले तलरतालाई मध्यनजर गर्दै निक्षेप भुक्तानीमा अधिकतम सीमा निर्धारण गरेरै भएपनि निक्षेप फिर्ता गर्ने कामलाई निरन्तरता दिए । घरबाहिर निस्कन समेत प्रशासनको अनुमति चाहिने बेलामा सहकारीले घरमै पैसा ल्याईदिएपछि विगतमा सहकारीको सेवा प्रति गुनासो गर्ने सदस्यहरुको मन फेरिएको छ ।
सदस्यहरुको आवाश्यकतालाई मध्यनजर गर्दै ओखलढुंगा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नम्बर ३ मा रहेको पब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई सावाँ र ब्याज एक एकमुष्ट भुक्तानी गर्दा १५ प्रतिशत र ब्याज मात्र भुक्तानी गर्दा १० प्रतिशत छुट गरेको छ । विषम परिस्थितिमा पनि संस्थाले सदस्यहरुलाई निरन्तर घरदैलो सेवा दिएकोसंस्थाका अध्यक्ष ज्ञानेन्द्र रुमदालीले जानकारी दिनुभयो ।
सदस्यहरुको आपतकालीक खाँचो टार्न खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थालेलकडाउनमा घरदैलो सेवा दिएको थियो । संस्थाले सदस्यहरुलाई दैनिक उपभोग्य र अत्यावसेकीय बस्तु खरिद गर्नका लागि सहज होस भनेर घरमै पुगेर आवश्यक रकम भुक्तानी सेवा दिएको जनाएको छ ।
यसैगरी पशुपती प्लाजा, खिचापोखरीमा प्रधान कार्यालय रहेको हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रास र लकडाउनका कारण घरमा सीमित भएका सदस्यहरुलाई अप्ठ्यारो पर्दा भुक्तानी सेवाको व्यवस्था मिलाएको थियो ।
संस्थाले लकडाउनका कारण संस्था सम्म आउन नसक्ने सदस्यहरुलाई घरदैलोमै पुगेर भुक्तानी सेवा दिएको संस्थाका कार्यकारी प्रमुख अश्विन भट्टराईले बताउनुभयो । यसका लागि संस्थाले सम्पर्क व्यक्ति तोकेरं काम गरेको उनको भनाई छ ।
काठमाडौं न्यूरोड स्थित धनप्राप्ती बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनको चेपुवामा परेका ऋणी सदस्यलाई सात लाख रुपैयाँ छुट दिएको छ ।
संस्थाले ऋणी सदस्यलाई लकडाउनको समयमा पाकेको ब्याज र हर्जनामा गरि ७ लाख १५ हजार रुपैयाँ छुट दिएको संस्थाका व्यवस्थापक सूर्य पाण्डेले बताउनुभयो ।
लकडाउनका कारण सदस्यहरुको पेशा, व्यापार, व्यवसाय बन्द भएर नियमित आम्दानीमा परेको असरलाई मध्यनजर गर्दै संस्थाले राहत दिएको उहाँले बताउनुभयो ।
यस्तै काठमाडौं चावहिल, चुच्चेपाटीमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले लकडाउनमा रहेका सदस्यहरुका लागि घरदैलो सेवा संचालन गरेको छ ।
लकडाउनका कारण सदस्यहरुलाई संस्थाको कार्यालय सम्म आउन असहज भएकाले संस्थाले सदस्यहरुको घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था मिलाएको हो ।
संस्थाका कार्यकारी प्रमुख फडिन्द्र कुमार खड्काले कुनै सदस्यलाई दैनिक उपभोग्य बस्तु खरिद गर्न र अन्य अत्यावसेकीय कामका लागि पैसा आवश्यक परेमा संस्थाले घरमै कर्मचारी पठाएर रकम भुक्तानी दिएको बताउनुभयो । उहाँले संस्थाले सदस्यहरुको असहजतालाई मध्येनजर गरेर घरमै बसेर मोबाईल बैंकिङ् सेवा लिन मिल्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
ललितपुरको कुमारीपाटीमा रहेको जनप्रिय बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाईरस (कोभिड–१९) विरुद्ध देशव्यापी लकडाउन जारी भएपछि सदस्यहरुलाई घरमै रकम भुक्तानी दिने व्यवस्था मिलाएको थियो ।
संस्थाका कार्यकारी अध्यक्ष अविनाश कार्कीले लकडाउनको समयमा सदस्यलाई कार्यालय सम्म आउन असहज हुनुका साथै संक्रमणको जोखिम उत्पन्न हुनसक्ने भएकाले संस्थाले स्थानीय तहसंग समन्वय गरेर घरदैलो सेवा संचालन गरेको जानकारी दिनुभयो ।
यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ मा रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयामा पनि दैनिक दुई घण्टा कार्यालय संचालन गरेर सेवा प्रवाह ग¥यो ।
संस्थाका कार्यकारी प्रमुख नारायण कार्कीले सार्वजनिक विदाको दिन बाहेक अन्य दिन बिहान १० बजेदेखि १२ बजे सम्म कार्यालय मार्फत सेवा दिएको बताउनुभयो । उहाँले कार्यालय सम्म आउन नसक्ने सदस्यहरुलाई सम्पर्क व्यक्ति मार्फत घरमै पैसा पु¥याउने व्यवस्था मिलाएको बताउनुभयो ।
प्रविधि प्रयोगमा फड्को
विगतमा परम्परागत नगद कारोबारमा निर्भर हुँदै आएका शहर बजारका वित्तीय सहकारीलाई यसपालीको विषम परिस्थितिले डोहो¥याएर नभई घिस्याएर आधुनिक प्रविधिको शरणमा पु¥याएको छ । यसबाट रातारात सहकारी संस्था र सदस्यहरु नगदरहित कारोबार गर्न अभ्यस्त बनेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले ईन्टरनेट र मोबाइल फोनको प्रयोग गरेर ग्राहकलाई घरमै डिजिटल पेमेन्ट सेवा दिनथालेको वर्षौं भयो । पछिल्लो समय बजारमा देखिएको प्रतिस्पर्धामा टिक्न केही सहकारीले आधुनिक प्रविधिको प्रयोग गरेर सदस्यलाई घरमै बसेर मोबाईल फोनमार्फत विभिन्न बस्तुको खरिद तथा सेवा उपभोग वापतको रकम भुक्तानी गर्ने सुविधा दिन थालेका थिए । तर अन्य सहकारीले प्रविधिलाई खासै महत्व दिएका थिएनन् । तर लकडाउनको यो सोचमा आमूल परिवर्तन ल्याईदिएको छ ।
लकडाउनका कारण कार्यालय खोल्न र सदस्यको घर सम्म पैसा पु¥याईदिन सम्भव नभएपछि ईन्टरनेटको पहुँच भएका सहर बजारका सहकारीले प्रविधिको प्रयोग मार्फत सदस्यलाई भरपर्दो सेवा दिएका छन् । लकडाउनकैबीच उपत्यका भित्रका धेरै सहकारीले सदस्यलाई घरबाटै मोबाईल बैंकिङ्ग सेवा दर्ता गरेर संचालन गर्न मिल्ले सुविधा दिएका थिए । केही सहकारीले निजी सेवा प्रदायकसंग सहकार्य गरेर सदस्यलाई संस्थाको खातामा रहेको रकम बैंकको खातामा स्थानान्तर गर्ने सुविधा दिए ।
काठमाडौंको भोटाहिटीमा प्रधान कार्यालय रहेको नेजु गुरु बचत तथा ऋण सहकारी संस्थाले लकडाउनकै अवधिमा सदस्यको खाताबाट बैंकमा पैसा पठाउन मिल्ने सेवा सुरु गर्नुका साथै मोबाईल बैंकिङ एप्लिकेसनमा क्यु आर कोड स्क्यान गरी भुक्तानी दिन सकिने सेवा थप ग¥यो ।
हिँडडुलमा लागेको प्रतिवन्ध, स्वास्थ सतर्कता र कागजी पैसाबाट कोरोना भाइरस संक्रमण हुने जोखिम भएकाले संस्थाले डिजिडल कारोवार सेवा सुरु गरेको संस्थाका कार्यकारी सचिब राम कृष्ण श्रेष्ठले बताए ।
नेजुगुरु मोबाईल बैंकिङ मार्फत सदस्यले खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, टेलिफोन, इन्टरनेट, टेलिभिजन च्यानल रिचार्ज गर्न र ई–सेवा, खल्ती, प्रभु पे, आइ.एम.ई पे जस्ता डिजिटल वालेट लोड गर्न सक्ने संस्थाले जनाएको छ ।
विजुलीको बिल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकेट, मुभि टिकेट खरिद गर्न र ओयो (इथ्इ) होटल बुक गर्ने सेवाहरु बिगत दुई बर्ष देखि दिदै आएकोमा संस्थाले बैशाख १५ गतेबाट सस्थाको खाताबाट बैंकको शाखामा पैसा पठाउन मिल्लने सुविधा थप गरेको हो ।