-ई. रोबिन श्रेष्ठ
कोरोनाको महामारीले फेरि पनि जनताहरु त्रसित भयभित र आतंकित भएको अबस्थामा सरकार,संसद,राजनैतिक दलहरु र नागरिक समाज किन ? जिम्मेवार हुन सकिरहेको छैन । दिनप्रतिदिन कोरोनाको सक्रमण र मृत्युु सख्या बढ्दो छ । राज्यद्वारा समयमा नै जनचेतना नगराएको र छिमेकी देशसितको खुल्ला सिमानामा रोक नलगाएको कारण आज यस्तो भयाबह र दयनिय अबस्था जनताले भोग्नु परिरहेको छ ।
जनताको आर्थिक अबस्थामा सुधार र समृद्धि ल्याउनुको साथै स्वास्थ र जीउधनको सुरक्षा गर्ने बेलामा सरकार र प्रतिपक्ष दलहरु आआफ्नो शक्ति प्रदशनको होडबाजीमा लागेर राजधानी काठमाडौ र अन्य मुख्य शहरहरुमा हजारौं कार्यकर्ता उतार्नेतिर लागे भने अन्य दलहरु र समुहहरु पनि रमिते भएर बसे ।
आज सरकारले जनताको उचित उपचार गर्न असमर्थ भएको कुरा हात उठाइसकेको छ । लकडाउन मात्र समस्याको समाधान होइन तर निशेध,बन्द गरेर मात्र सरकार उम्कन पाउदैन अस्पतालमा बिरामी चाप बढ्दो छ । तर बेड, अक्सिजन, औषधी र स्वास्थकर्मीहरुको कमि भएको अवस्था छ । दिनप्रतिदिन बिरामीको मृत्यु बढ्दो छ । स्थिती झन् झन भयाबह छ । यो अबस्था आजको मात्र नभएर १४ महिना अघिदेखिको समस्या हो । किन दुइतिहाइको यो गैरजिम्मेवार सरकारले ध्यान दिएन ? किन राजनैतिक दलहरुले सरकारलाइ खबरदारी गरेनन् । यसर्थ आज यस्तो दु:खदायी अबस्था हुनुमा दुइतिहाइको सरकार र यी सबै शक्ति र समुहहरु जिम्मेवार छन ।
संघीय र प्रदेश सरकार सत्ता र शक्तिको खेलमा लिप्त छ ।सरकारर दलहरु यो अबस्थामा जनताको मलमपट्टी बन्नु पर्नेमा उल्टो बहुमत र अल्पमतको जोड घटाउ गर्दैछन । यस्तो निकम्मा,लाचार,भ्रष्ट र गैरजिम्मेवार सरकारबाट जनताले अब पनि के आसा गर्ने ? अप्ठ्यारो अबस्थामा सरकार,राजनैतिक दलहरु देश र जनताको शान्ति सुरक्षा र सम्बर्द्धन गर्न सक्दैनन् भने त्यो सरकार र संसदको बिधाइ र दलहरुको बहिष्कार अब नेपाली जनताले गर्न सक्नु पर्छ ।
देश र जनताहरुको चिन्ता र चिन्तन नगर्ने सरकार र राजनैनिक दलहरुको अब औचित्य सकिएको छ । देश र जनतालाइ गाह्रो परेको अबस्थामा पनि कोहि गम्भीर हुदैनन् र अब पनि जनताको चेत खुल्दैन भने किन रोइस मङगले,आफ्नै ढङ्गले झै हुनेछ ।
जनताले भएर वा नभएर पनि जन्मेदेखि मृत्यु दर्तासम्म तिरेका राजस्व र करहरु जनताको स्वास्थ ,शिक्षा आर्थिक क्षेत्रमा राज्यले खर्च गर्नु पर्नेमा जम्बो केन्द्रिय सरकार र प्रदेश सरकार अनि संसदलाई तलब भत्ता सुबिधा,देशबिदेशको भ्रमणबाट अरबौ खर्च खर्च गर्नु भन्दा अब सरकार,सघिय राज्य र संसदको औचित्य छैन । बिघटन नै एक मात्र उत्तम बिकल्प हो ।
बरु कर्मचारीहरुले नै प्रसाशन र देश चलाउछन । दुख र अप्ठ्यारो परेको बेला काम नलाग्नेहरुबाट भरोसा गर्नु भन्दा सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरु आफू र आफ्नो परिवार,समाज र रास्ट्रलाई सुरक्षित राख्न र जनताको अमुल्य जीवन बचाउन पनि समाजिक दुरी कायम राख्ने,मास्कको प्रयोग गर्ने,साबुन पानीले हात धुने र स्यानीटाइजर लाउने र गार्हो भयमा अस्पतालमामा जाने वा स्वास्थकर्मिहरुको सल्लाह लिने जस्ता जनस्वास्थको मापदण्ड अप्नाउनु नै सबै भन्दा उत्तम उपाय हो । अब यसरी हामी सबै बाचौ र बचाउ किनकी जनताहरु स्वस्थ,सक्षम र सबल भएमात्र देश र जनता रहन्छन अन्यथा भन्न सकिन्न ।