ओखलढुंगा, ७ असार । प्रदेशनम्बर १ कामन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त भएपछि प्रदेश फेलियर हुदै गएको नेपाली कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले बताएका छन् । नेपाल प्रेस युनियनओखलढुंगाले गरेको पत्रकार सम्मेलनमा कार्कीले यस्तो बताएका हुन् ।
प्रदेश सरकार तस्करहरुको घेराभित्र रहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामाग्री, औषधि, भ्याक्सीनदेखि कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा फसेको प्रमुख प्रतिपक्ष दलका सचेतक कार्कीले आरोप लगाए । प्रदेश नम्बर एक आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातिय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलिका कारण सबैभन्दा पछि परेको उनको भनाइ छ ।
आफ्नै पार्टी भित्रका अर्को समुहका वा मन नपर्नेहरुलाई पाखा लगाएर भित्रीयाहरुको चलखेलमा सबै काम गर्ने गरेको भन्दै नेपाली जनताले लडेर ल्याएको गणतन्त्रमा मुख्यमन्त्री नै शाशक बन्नथालेको उनले बताए । १ नम्बर प्रदेश सरकारले शासकिय शैलिमा मुख्यमन्त्रीका नाममा कार्यक्रमहरु ल्ययाउने र निकटका कार्यकर्ताको भरपोषणमा केन्द्रीत हुने बाहेक केही काम गर्न नसकेको उनको आरोप छ । प्रदेश सरकारले निति कार्यक्रममा समेत भैसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लाए जस्तोगरी कुनै क्षेत्रको काम गर्न नसक्ने बजेट ल्याएको कार्कीको तर्क छ ।
प्रदेश नम्बर १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामाअल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरु जिल्लार आफ्नै जिल्लामा समेत अन्य स्थानीयतहतथा वडाहरु छन भन्नेसमेत हेक्का नराखेको पाइएको बताए । प्रदेशका मन्त्रीहरुआफ्नै वडाहरुमा अल्मलिने हो भने त्यस्ता मन्त्रीले सिंगो प्रदेशको नेतृत्व गर्न नसक्ने भएकाले उनिहरुलाई वडा अध्यक्ष मात्रै भएर बस्न समेत सुझाव दिए । अहिले सम्मप्रदेशको नामाकरण गर्न नसकेको सरकारले प्रदेशका जनताकोभावना बुझनु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्तहुने कार्कीले ठोकुवा गरे ।
फरक प्रसंगमा उनलेभदौं १९ सम्ममा नेपाली कांग्रेसको चौधौ महाधिवेशनअनिवार्य गर्नु पर्ने बताए । महाधिवेशनको विकल्प महाधिवेशन नै भएकाले कांग्रेसको शाख बचाउनका लागि वडा देखि केन्द्र सम्मका नेताकार्यकर्ताहरुले महाधिवेशनको पक्षमा एक भएर आवाज उठाउनु पर्ने नेताकार्कीले विचार व्यक्त गरे । पार्टीको महाधिवेश नहुन सकेन भने डेट एक्पायर औषधिको जस्तै कांग्रेस पार्टीको ब्रण्ड सकिने चिन्ता आमकार्यकर्ताले लिनु पर्ने उहाँको धारण थियो । एकछाक खानकालागि पेटसंँग पार्टी साटेनेहरुसंग होसियार रहेर लोकतन्त्र र पर्टीलाई शसक्त बनाउन लागि कार्यकर्ताहरुले कुनै दाइको दिदीको नबनी स्वविवेक निर्णय गर्ने क्षमता राख्न सबैलाई अनुरोध समेत गर्नुभयो ।