-कुमार जेरो
नेपालमा वामपन्थी शक्तिको सत्ता र सडकमा बलियो जनमत गत निर्वाचनमा जनताले वामपन्थी शक्तिलाई दुईतिहाई जनमत दिएको थिए । तर वामपन्थी सरकार, पार्टी र नेता -कार्यकर्ताका दैनिक गतिविधि हेर्दा उनीहरुमा पक्कै कम्युनिस्ट त के, वामपन्थी जस्ता पनि लागेको थिएन आमजनताको नजरमा । कम्युनिस्ट पार्टी आम सर्वहारा, निम्न वर्ग, जाति समुदाय, पछाडिएका क्षेत्रको पार्टी भनेर रुचाउने दल, आफु सबैभन्दा ठुलो वामपन्थी शक्ति नेकपा सरकारको नेतृत्वमा भएर पनि निम्न सर्वहारा वर्गको निम्ति, जुन जनमत प्राप्त भयो त्यसको कहिले कदर हुने किसिमको काम गर्न सकेन ।
अर्को माओवादी जनयुद्धको जगबाट समाजवाद स्थापना गर्ने एजेन्डा बोके पनि दिनदिनै आन्तरिक विवादले कम्जोर हुँदै गएको अवस्था छ । केही स(साना समुहहरु सत्ता र संघर्षबाट अलग भए पनि माक्र्सवादी सिद्धान्तकै वकालत गरिरहेका छन् र उनिहरुकै भाषामा अनुकुल परिस्थितिको पर्खाइमा छन् । सबैको एउटै रणनीति लक्ष्य छ, “समाजवाद हुँदै साम्यवाद” । जनता भन्छन् नेपालमा नामधारी कम्युनिस्ट धेरै छन् । तर, कोहि पनि माक्र्सवादी सिद्धान्त र आर्दश अनुसार चल्दैन्न ।
क्रान्तिको बाटो कुन रोज्ने , वर्ग शक्ति संतुलनको अवस्था के छ, रणनीतिकसम्म पुग्न कुन कार्यनीति अख्तियार गर्ने, क्रान्तिको मार्गचित्र कस्तो हुन्छ ? यो अलग बहसको विषय हुन सक्ला । तर, एउटा कम्युनिस्ट कार्यकर्ताको सोच्ने तरिका कस्तो हुन्छ, विश्व दृष्टिकोण कस्तो हुनुपर्छ, दैनिक आचरण र व्यवहार कस्तो हुनुपर्छ ? यसमा भने खासै विवाद गर्नु पर्दैन मात्रै व्यवहार लागू गर्न सकेको अवस्था छैन ।
विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, भि.आई लेनिन, जोसेफ स्टालिन, माओत्सेतुङ, हाची मिन्ह, चे-ग्वेभारा, चाओ, किम इल सुन लगायतका नेताहरूले माक्र्सवादी व्यवहार र कम्युनिस्ट नैतिकताबारे प्रशस्तै व्याख्या गरेका छन् , त्यसमध्ये सिद्धान्त, धर्म, संस्कृति र पक्षधरता बारे काल माक्र्स र व्यवहारिक गतिविधिबारे माओत्सेतुङले धेरै सटिक ढंगले व्याख्या गरेका छन् ।
एउटा असल कम्युनिस्ट कस्तो हुन्छ, उसको परिवार, समाज देखि राष्ट्रिय जिम्मेवारीसम्म गर्ने व्यवहार कस्तो हुन्छ ? एउटा कम्युनिस्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरुबारे कसरी सोच्दछ ? चिन्तन देखि व्यवहार सम्मका शृङ्खला उसले आफुलाई कता र कसरी उभ्याउछ ? कम्युनिस्टहरु जनमतमा शक्तिशाली भएर पनि चरम संस्कृति र आचरणमा स्खलित भएको बेला यसबारे थोरै चर्चा गर्न मन लागेको छ ।
पहिलो-कम्युनिस्टहरु भौतिकवादी हुन्छन् । उनीहरु हरेक कुरा बिज्ञानको कसिमा जांच्ने कोसिस गर्दछन । कम्युनिस्टहरु ईश्वर, धर्म, पूर्वजन्म, स्वर्ग, नर्क, परलोक र बैकुण्ठबाँस जस्ता काल्पनिक मान्यताको विरोध गर्दछन । एउटा सच्चा कम्युनिस्टले त्यो कुरा मात्र मान्दछ, जुन बिज्ञानको प्रयोगशालाबाट प्रमाणित भएको हुन्छ । हामी कहाँ भौतिकवाद र आध्यात्मिक चिन्तन मिलाएर छुट्टै दर्शन बनाउने वकालत र अभ्यास गरेको पाइन्छ, जुन माक्र्सवाद होइन, पुजीवादकै अपवित्र सन्तान मात्र हो ।
दोस्रो-कम्युनिस्ट द्वन्द्ववादी हुन्छन् । द्वन्द्ववादले हो भन्छ, होइन भन्छ । हरेक वस्तु घटनाक्रम र समाजक प्रत्येक घटनालाई सकारात्मक र नकारात्मक कोणबाट विश्लेषण गर्नु द्वन्द्ववाद हो । द्वन्द्ववादले कुनै पनि वस्तु, घटना वा व्यक्तिलाई सतप्रतिशत सहि वा सतप्रतिशत गलत मान्न सक्दैन । प्रत्येक वस्तु, घटना वा व्यक्तिमा केही राम्रा र केहि नराम्रा गुण हुन्छन । हामीले राम्रा र नराम्रा गुणहरुको तुलनात्मक अध्ययन गर्नु पर्दछ, अनि राम्रा र नराम्रा गुणमध्ये कुन गुण बढ्ता छन् , त्यसकै आधारमा निष्कर्ष निकाल्नुपर्छ । तर, नेपालका कम्युनिस्टहरुपमा एउटा कुनै कुरा चित्त नबुझे त्यसलाई पूर्णतस् गलत र गुण राम्रो लागे त्यो पूर्णतस् ठिक ठान्ने प्रवृत्ति छ, त्यो द्वन्द्ववाद होइन, अधिभूत्वाद हो ।
तेस्रो-कम्युनिस्टहरु आलोचनात्मक र क्रान्तिकारी हुन्छन् । एक पत्रकारले माक्र्सलाई सोधे, ” तपाईंलाई सबैभन्दा मनपर्ने सुत्र वाक्य के हो ?” माक्र्सको जवाफ थियोे, “हरेक कुरामाथी शंका गर” । आलोचनात्मक चेतबाट कुनै पनि वस्तु वा घटनाक्रमको अध्ययन गर्नु माक्र्सवाद हो । तर, त्यो आलोचना ध्वङ्शका लागि होइन, सृजनाका लागि हुनुपर्छ । त्यो आलोचना अग्रगती र सामाजिक रुपान्तरणका लागि हुनुपर्छ । तर, हामी कहाँ मन परे अन्धसमर्थन र मन नपरे ज्यान फालेर विरोध गर्ने प्रवृत्ति संस्कृतिकै रूपमा हुर्किएको छ, जुन माक्र्सवादी मान्यता भित्र पर्दैन ।
चौथो-कम्युनिस्टहरु नास्तिक हुन्छन्, उनीहरु कुनै धर्मको पक्ष र विपक्षमा उभिदैन्न । कार्ल माक्र्सले धर्मलाई अफिमसङ्ग तुलना गरेका छन् । धर्मबारे माक्र्सका ५ मान्यता छन् ।
१. कम्युनिस्टहरुले धर्म मान्दैनन् ।
२. कम्युनिस्टहरु कुनै धर्मको पक्ष र विपक्षमा उभिदैन्न ।
३. कम्युनिस्टहरु धार्मिक गतिविधिबाट अलग रहन्छन् ।
४. कम्युनिस्टहरुले जनताको धार्मिक आस्थामाथी बलपूर्वक हस्तक्षेप गर्दैनन् र
५. जनतालाई धार्मिक जडताबाट क्रमशः भौतिकवादी दर्शनमा लैजान्छन ।
तर, नेपालका कम्युनिस्टहरुमा धर्मबारे सबैभन्दा गन्जगोल धारणा पाइन्छ । हामी धर्मनिरपेक्ष देशमा छौ । तर, एकथरीले यसको अर्थ हिन्दु छोडेर कृश्चियन हुनु ठान्दछन, अर्कोथरी, प्रलोभनमा परि कृश्चियन्हरु बढाएको भन्दै हिन्दु धर्मको वकालत गरिरहेका छन् । केही यस्ता कम्युनिस्ट नेता(कार्याकर्ता छन् , जसले धर्म र संस्कृतिको भेद बुझ्दैन्न र संस्कृति भन्दै धर्मको रक्षा गरिरहेका छन् । कतिले जनताको आस्थाको सम्मान भन्दै धार्मिक भुलभुलैयामा फसिरहेका छन् । यी कुनै गतिविधि माक्र्सको धर्मसम्बन्धी व्याख्यासङ्ग मेल खादैन्न ।
पाँचौ-कम्युनिस्टहरु रुढीबाद र अन्धविश्वासका विरोधी हुन्छन् । उनीहरु बोक्सी, भूतप्रेत, ईश्वर लगायतका कुनै पनि अलौकिक शक्तिमा विश्वास गर्दैनन् । आफ्ना पूर्खाहरु मरेपछि बैतरणी तर्ने, स्वर्ग वा नर्क जाने कुरामा विश्वास गर्दैनन् । बरु त्यसको स्थापनामा प्रगतिशील संस्कार र मान्यता स्थापित गर्ने प्रत्यन गर्दछन । तर, हामी बिरामीलाई अस्पताल नलगेर धामीझाँक्री कहाँ लैजाने, मान्छे मरेपछि गाई दान लगायत दान गर्ने , पितृका नाममा पिण्ड दिने, अनि आफुलाई सच्चा कम्युनिस्ट भन्नेहरुको कमि छैनौ ।
भुतप्रेत मन्साउने, ग्रहदशा हेराउने र काट्नेहरु तपाई हामीलाई लाजै नमानी छाती खोलेर कम्युनिस्ट भन्दछौ , माक्र्सवादी सिद्धान्त अनुसार हामीहरु कम्युनिस्ट होइनौ । बरु आध्यात्मिक दर्शनका अनुयायी मात्र हुन सकिन्छ ।
छैटौं-कम्युनिस्टहरु बिज्ञान र अन्वेषणमा विश्वास गर्दछन । उनीहरु हरेक विषयमा प्रश्न गर्दछन । कुनै पनि कुराको बैज्ञानिकता पुष्टि हुन प्रयोगशालाको नतिजा खोज्दछन ।माक्र्सवादले ब्राह्मण्डका कैयौं कुराको अन्वेषण हुन बाकी नै रहेकोे तथ्यलाई स्वीकार गर्दछन ।तर, कहिल्यै पनि काल्पनिक कुरामा विश्वास गर्दैनन् । कतिपयले मानव मस्तिष्कको क्षमता, भावना र मानिसको श्वासप्रश्वास प्रक्रियाको जटिलतालाई अलौकिक शक्तिसङ्ग जोड्ने प्रयत्न गर्दछन र कम्युनिस्टहरु त्यसको रनभुलमा पर्दछन । तर माक्र्सवादले त्यसमा पनि तथ्यको खोजी गर्दछ ।
सातौ-माक्र्सवादी सिद्धान्तले पदार्थ नै सार्वभौम रहेको मान्यता राख्दछ । हरेक वस्तु, घटनाक्रम र व्यक्तिलाई हेर्ने विश्वमा मुलतः २ दृष्टिकोण छन्, जसलाई विश्व दृष्टिकोण भनिन्छ, जसको वरिपरि घुमिरहेका हुन्छन् ।
१. पदार्थबाट चेतनाको निर्माण हुन्छ कि चेतनाबाट पदार्थको निर्माण रु
२. विश्वका सबै वस्तु र घटनालाई बुझ्न सकिन्छ कि सकिदैन र ?
माक्र्सवादी दर्शन भौतिकवादले भन्छ ।
१. पदार्थबाट चेतना निर्माण हुन्छ ।
२. विश्वका हरेक कुरालाई बुझ्न सकिन्छ ।
तर, त्यसलाई बिज्ञानको सहायताले अन्वेषण गर्ने जटिल प्रक्रियाबाट सजिलो बनाउन सकिन्छ । जुन कुरा आध्यात्मिक चिन्तनले मान्दैन । बिज्ञानद्वारा प्रमाणित तथ्यलाई नमानेर हामी नेपाल कम्युनिस्टहरु गूल बई र बाबाहरुको शरणमा पर्दै आएका छौ , जुन माक्र्सवादी सिद्धान्तको पूर्णतस् विपरीत छ ।
आठौं-कम्युनिस्टहरु कुनै बहादुर, वीर वा शक्तिमा विश्वास गर्दैनन् , जगतमा विश्वास गर्दछन । माओत्सेतुङको भाषामा ” इतिहासका निर्माता जनता हुन् ” । माओ थप्छन् , ” जनता पानी हुन् , अनि कम्युनिस्ट पार्टी माछा, पानीबिना माछाको अस्तित्व असम्भव छ” ।
जनताले चाहेमा इतिहास बदल्दिन सक्छन् । जनता नै सार्वभौम हुन्छन् । हरेक अग्रगतिमा जनताको नै निर्णायक हुन्छन् ।त्यसकारण कम्युनिस्टहरुले जनताको जनमतको सधैं सम्मान गर्नुपर्छ । तर, हामीकहाँ जनता एकथोक चाहान्छन, हामी शासक र नेता-कार्यकर्ता अर्कोथोक, जुन माक्र्सवादी सोचाइ र व्यवहार होइन ।
नवौं-कम्युनिस्ट नीति सम्पत्तिका विरोधी हुन्छन् । माक्र्सवादी सिद्धान्तको अन्तिम लक्ष्य हो सत्ताको अन्त्य । कम्युनिस्टहरुले परिकल्पना गरेको साम्यवादी सत्तामा धनी र गरिवको भेद हुदैन, गाउँ र शहरको भेद हुदैन, शारीरिक श्रम र मानिसको श्रमको भेद हुँदैन । साम्यवाद त्यस्तो आधुनिक समाज हो, जहाँ मानिसहरू स्वतन्त्र रूपमा उच्च नैतिक धरातलमा रहन्छन्, त्यहाँ कसैले कसैमाथि विभेद गर्दैनन्, त्यहाँ वर्ग हुदैन, त्यहाँ सेना, प्रहरी, अदालत जस्ता राज्यका मेसिनरी रहदैन्न । माक्र्सकै भाषामा सत्ता केवल दमनको औजार मात्र हो ।
जहाँ उच्च नैतिकता र समानता सहितको समाज रहन्छ, त्यहाँ कसैमाथि दानकी जरुरत नै पर्दैनन् । तर, त्यस्तो समाज कसरी बन्दछ रु पूजिवादी वर्गविरुद्व संघर्ष गरेपछी समाजवादी सत्ताको स्थापना हुन्छ । तर क्षणिक रूपमा पराजित पूजिपतिहरु आफ्नो नीजि सम्पत्ति फर्काउन अन्तिमसम्म लडिरहन्छन ।
त्यतिबेला कम्युनिस्टहरुसङ्ग सत्ताको हतियार चाहिन्छ, जुन हतियार पूजिवाद फर्काउन चाहने पूजिपती वर्गका विरुद्ध प्रयोग गरिन्छ । तर पूजिवादिहरु पार्टी बाहिर मात्र हुदैनन्, कम्युनिस्ट पार्टीभित्र पनि हुन्छन् तिनिहरु समाजवादका विरुद्ध उभिन्छन । अनि सत्तामा पुगेपछि सत्ताको दुरुपयोग गर्दै केही नेता-कार्याकर्ता पूजिवादी कित्तामा जान्छन्, उनीहरु पनि समाजवादका विरुद्ध उभिन्छन । तसर्थ कम्युनिस्टहरुले पार्टीभित्र र बाहिरका पूजिवादिसङ्ग लडिरहेनु पर्छ, व्यक्तिगत सम्पत्तिको विरोधमा उभिनुपर्छ
दसौं-कम्युनिस्टहरु अन्यायका विरोधी हुन्छन् ।उनीहरुले न्याय हेर्छन्, आफन्त वा निकटता हेर्दैन्न । तर हामी कहाँ न्यायलाई आफुअनुकुल परिभाषित गर्ने महामारी बढिरहेको छ । कम्युनिस्टहरुले कुनै पनि धर्म, समुदाय, जाति, क्षेत्र, वर्ग र लिङ्गमाथी हुने अन्यायको विरोध गर्दछन ।
तर हामीकहाँ महिलाले महिला अधिकार खोज्ने तर दलितमाथी हेयको दृष्टिले हेर्ने, आदिवासी जनजातिले आदिवासी जनजाति अधिकारको कुरा गर्ने तर आदिवासी जनजातिकै महिलामाथि अन्याय गर्ने, खस-आर्यले गरिबिको कुरा गर्ने तर आफुले गरेको उत्पीडनको अनुभुति नगर्ने रोग अझै कायम छ, जुन माक्र्सवादीले मान्यताको विरुद्ध छ । कम्युनिस्ट सिद्धान्तले मानव जातिविच पूर्णतस् न्याय र समानताको वकालत गर्दछ ।
एघारौं-कम्युनिस्टहरु भिड्मा होइन, सत्यमा विश्वास गर्दछ्न । कम्युनिस्ट सिद्धान्तको एउटा बलियो शर्त छ, ” अल्पमत होस् तर सत्यको बाटो नछोड, तिमिसङ्ग सत्य छ भने त्यो एकदिन शक्तिमा बदलिन्छ ।” लेनिनको भाषामा ” प्रतिकुलताभित्र अनुकूल खोज्नु” नै माक्र्सवाद हो । सत्य भुलेर भिडको पछी लाग्नेहरु कम्युनिस्ट हुन सक्दैनन् । त्यो मात्र असल कम्युनिस्ट हो, जसले जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि सत्यको वकालत गर्दछ ।
नेपालमा कुनै सिद्धान्त र आचरणको अनुशरण गर्ने मान्छे भन्ने होइन । तर अल्पमतमा छन् । राजनीतिक कार्यदिशा र कार्यनीतिको मुद्दामा बहस गरे पनि उल्लेखित विषयहरु माक्र्सवादका आयम सत्य हुन् जुन हाम्रो दैनिक जिवनमा प्रयोगमा आउछन् । (लेखक राजनीतिशात्रका विद्यार्थी हुन)