ओखलढुंगा, १८ भदौ । जिल्लाका ७५ वटै वडामा कांग्रेसको वडा अधिवेशन भइरहेको छ । केही वडाहरुले नेतृत्व टुंगो लगाएका छन् ।
ओखलढुंगास्थित कांग्रेसको निर्वाचनमा खटिएका निर्वाचन अधिकृत कीर्तिनाथ शर्मा पौडेलले धेरैजसो ठाउँहरुमा सर्वसम्मत ढंगबाट नेतृत्व चयन भइरहेको छ ।
हाम्रा सहकर्मी सुरेश कार्कीले दिएको जानकारी अनुसार चम्पादेवी वडा नं ६ मा अशोक खड्का वडासभापतिमा चयन भएका छन् ।
सिद्धिचरण नगरपालिका वडा नं ११ मा गोपाल बस्नेत वडासभापति भएका छन् । यस्तै हाम्रा सहकर्मी तुल्सीराम काफ्लेले दिएको जानकारी अनुसार मोलुङ गाउँपालिका वडा नं ५ मा उमाकान्त पोखरेल सर्वसम्मत विधिबाट वडासभापति भएका छन् ।
हाम्रा सहकर्मी पासाङ शर्पाले दिएको जानकारी अनुसार खिजिदेम्बा गाउँपालिका वडा नं ५ मा गणेश सुनुवार वडासभापति निर्वाचित भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं ६ मा हर्कबहादुर मगर दोहोरिएका छन् ।
सहकर्मी मनोज बुढाथोकीले दिएको जानकारी अनुसार चम्पादेवी गाउँपालिका वडा नं ५ मा मनकुमार तामाङ वडा सभापतिमा निर्वाचित भएका छन् ।
चम्पादेवी गाउँपालिका वडा नं १ मा नन्दबहादुर मगर सभापति भएका छन् । सिद्धिचरण नगरपालिकामा वडा नं ७ मा भलबहादुर कट्वाल पुननिर्वाचित भएका छन् । यस्तै चम्पादेवी गाउँपालिका वडा नं २ मा साधुराम घिमिरे वडासभापति भएका छन् ।
हाम्रा सहकर्मी खेमबहादुर मगरले दिएको जानकारी अनुसार सुनकोसी गाउँपालिका वडा नं ६ मा खेमबहादुर थापा मगर वडासभापति निर्वाचित भएका छन् ।
हाम्रा सहकर्मी श्यामकृष्ण फयालले दिएको जानकारी अनुसार मोलुङ गाउँपालिका वडा नं १ मा सोमप्रसाद दाहाल सभापति चयन भएका छन् । मोलुङ गाउँपालिका वडा नं ७ मा काजी तामाङ निर्वाचित भएका छन् ।
सहकर्मी केशरकुमार सुनुवारले दिएको जानकारी अनुसार खिजीदेम्बा गाउँपालिका वडा नं ३ मा पदमबहादुर सुनुवार निर्वाचित भएका छन् । यस्तै सहकर्मी हेमन्त राईले दिएको जानकारी अनुसार मानेभञ्ज्याङ गाउँपालिका वडा नं ३ मा जितबहादुर राई सभापतिमा चयन भएका छन् ।
यस्तै हाम्रा सहकर्मी लिलाराम बरालले दिएको जानकारी अनुसार चम्पादेवी गाउँपालिका वडा नं ८ मा खड्ग बहादुर बराल (हरि) सभापतिमा निर्वाचित भएका छन् ।
सहकर्मी रस्मिता बुढाथीकीले दिएको जानकारी अनुसार खिजीदेम्बा गाउँपालिका वडा नं २ मा नेत्रबहादुर रोका निर्वाचित भएका छन् ।
सहकर्मी विशाल थापाले दिएको जानकारी अनुसार मानेभञ्ज्याङ गाउँपालिका वडा नं २ मा राममणि राई वडाध्यक्ष पदमा चयन भएका छन् ।
यस्तै चम्पादेवी गाउँपालिका वडा नं ९ मा केदार पुडासैनी सभापतिमा चयन भएका छन् ।
अन्य विवरण आउने क्रम जारी छ ।