ओखलढुंगा, १८ भदौ । जिल्लाको सिद्धिचरण नगरपालिका ११ मा सर्वसम्मत विधिबाट नेतृत्व चयन गरिएको छ । आज भएको वडा अधिवेशनमा दिपककुमार बस्नेत (गोपाल) को सभापतित्वमा वडा समिति चयन गरिएको हो ।
समितिको उपसभापतिमा लक्ष्मी राई, पेशलकुमार कालिकोटे रहेका छन् । सचिवमा सूर्यकुमारी राई र मिलन केसी छन् । यस्तै कोषाध्यक्षमा रूपाल श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यमा मैनादेवी दाहाल, काजीराम जोशी, लिला परियार, प्रमिला राजभण्डारी, प्रमोज किरण ताम्राकार, भिमा तामाङ, पेशल परियार, सुवास सुवेदी, गोपाल ताम्राकार रहेका छन् ।
यस्तै क्षेत्रीय प्रतिनिधिमा विनोदकुमार केसी, विनोदकुमार ताम्राकार, सानुबाबु खडका, हेमालक्ष्मी राई, हेमनारायण राजभण्डारी, फडिन्द्रबहादुर केसी, सीता तामाङ, अप्सरा कार्की, भिष्मलाल श्रेष्ठ, चन्द्रबहादुर कालीगढ, ओगिन कुमार तामाङ, सूर्यप्रकाश राई, चन्द्रबहादुर राई, निशान राई र सजु ताम्राकार रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत कीर्तिनाथ शर्मा पौडेलको आतिथ्यतामा भएको अधिवेशन समापन कार्यक्रममा निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । प्रमाणपत्र पार्टी सभापति प्रदीपकुमार सुनुवार र जिल्ला निर्वाचन अधिकृत पौडेललगायतले हस्तान्तरण गरेका थिए ।