ओखलढुंगा, २८ भदौ । जिल्लाको सुनकोशी गाँउपालिका वडा नं ९ स्थित कटुञ्जे स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सेवा क्यानाडा इन्टरनेश्नल तथा सेवाका लागी युवा नेपालको सहयोगमा भिडियो एस्सरे मेसिन, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, अक्सिमिटरसहित करिव १५ लाख वरावरको स्वास्थ्य सामग्री हस्तान्तरणसँगै सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
करिव एक हजार घरधुरीलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रवाह गर्दै आएको कटुञ्जे स्वास्थ्य चौकी गाउँपालिकाकै दुर्गम क्षेत्र ककनीका नागरिकलाइ समेत सेवा दिदैँ आएको छ । पालिकाकाभित्रका वर्थिंग सेन्टर मध्ये धेरै स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउदै आएको छ । जसको लागी वडा कार्यालयले नेपाल सरकारवाट प्राप्त नहुने सेवाहरु वेवि वल्यांकेट, गर्भ जाँच किड निशुल्क रुपमा उपलव्ध गराउदै आएको छ ।
स्वास्थ्य चौकी कटुञ्जेले प्रभावकारी सेवा प्रवाह गर्नका लागी स्वास्थ्य चौकी कटुञ्जेवाट माग भए अनुसारका स्वास्थ्य सामग्रीहरु उपलव्ध गराइएको हो । स्वास्थ्य संस्थावाट माग भएका सामग्रीहरु उपलव्ध गरायकोमा सहयोगी निकायलाई धन्यवाद तथा सम्मान स्वरुप स्वास्थ्य चौकी कटुञ्जेले सामग्री हस्तान्तरण कार्यक्रमकै अवसरमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
सुनकोशी ९ का वडा अध्यक्ष तथा कटुञ्जे स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष झनक कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सनकोशी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख नेत्र बहादुर कटवाल, विषेश अतिथिहरु सेवाका लागी युवा नेपालका अध्यक्ष असिल कुमार शाही, उपाध्यक्ष परशुराम भण्डारी, महा सचिव प्रेम साकार सहित स्थानिय जनप्रतिनिधी, स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयं सेवकहरुको उपश्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको संचालन स्वास्थ्य चौकी प्रमुख तथा सदस्य सचिव भानुभक्त वास्तोलाले गर्नुभएको थियो ।
विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सेवाका लागी युवा नेपाल मार्फत दुर्गम तथा पिछडिएको क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवा निशुल्क रुपमा स्वास्थ्य सामग्री उपलव्ध गराइएको संस्थाका अध्यक्ष असिल कुमार शाहीले वताउनु भयो । प्राप्त स्वास्थ्य सामग्री प्रयोगको लागी आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने स्वास्थ्य शाखा प्रमुख कटवालले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सुनकोशी ९ तथा कटुञ्जेका नागरिलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने अभियान अन्र्तगत भिडियो एक्सरे सहितका सेवा अव कटुञ्जे स्वास्थ्य चौकी वाट नै प्रवाह हुने भयो । स्थानिय तहमा प्राप्त सिमित वजेटवाटमात्र सम्भावना नहुने भएकोले सहयोगी संस्थाहरुसँग पनी समन्वय गरिएकोहो । अरु स्वास्थ्य चौकी भन्दा प्रभावकारी सेवाको विगत देखीनै सुरुवात गरिएको थियो । अव थप प्रमावकारी सेवा प्रवाह हुनेछ । यस अभियानमा समन्वय तथा सहयोग गर्नुहुने व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्दै सम्मान सहित वडा अध्यक्ष झनक कुमार कार्कीले कार्यक्रमको समापन गर्नुभएको थियो ।