सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको दुई नम्बर वडाका अध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट नाम्गेल शेर्पा उम्मेदवार छन् भने एमालेबाट यस अघिकै अध्यक्ष आङफूर्वा शेर्पा र नेपाली काँग्रेसबाट दावाग्याल्जेन शेर्पा उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट यस अघि नै वडा सम्हालीसकेका आङफूर्वा शेर्पा पुन दोहोरिन खोजेका छन् । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका दावाग्याल्जेन शेर्पा गैरराजनीतिक व्यक्ति हुन् । उनी पर्यटन व्यवसाय तथा एनजीओ सञ्चालकको रुपमा उनी लुक्लामा चिनिएका व्यक्ति हुन् । माओवादीबाट उम्मेदवार बनेका नाम्गेल शेर्पा चाहीँ सानै उमेरदेखि खुम्बुमा संघष गर्दै विजिकोपार्जन गरि सेवामुलक राजनीति गरिरहेका व्यक्ति हुन् । खुम्बु प्रवेशको मुख्यद्धार भएकाले पनि लुक्ला अवस्थित दुई नम्बर वडामा अध्यक्ष कस्ले जित्ला भन्ने कौतुहल्ता जाग्नु स्वभाविकै हो ।
लुक्लाका एक स्थानीय मतदाताका अनुसार ‘यस अघिका अध्यक्ष आङफूर्वा गलत मानिस होइनन् ।’ उनीसंग शालिनता, धैर्यताको विशेष्ता छ । तर वितेको ५ वर्षमा अपेक्षाकृत काम गर्न नसकेको भन्दै लुक्लाबासीले यस पटक नयाँ उम्मेदवारलाई अवसर दिनु पर्ने धारणा बनाएका छन् ।
आङफूर्वा शेर्पालाई छाडेर दुई उम्मेदवार रोज्ने हो भने वडाका मतदाताले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारद्धय दावाग्याल्जेन शेर्पा रनाम्गेल शेर्पाबाट रोज्नु पर्नेछ ।
नाम्गेल शेर्पा गतिशिल, योजना निर्माणको क्षमता भएका, सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको व्यक्तिको रुपमा चिनिन्छन् । खुम्बु क्षेत्रमा पोर्टरदेखि मालिकसम्मलाई समान व्यवहार गरि सेवा गर्ने नेताको रुपमा उनलाई सर्वसाधारणले बुझ्ने गर्दछन् ।
दावा ग्याल्जेन शेर्पा शालिन व्यक्ति भएपनि उनको लुक्लामा यस अघि खासै राजनीतिक योगदान रहेको देखिन्न । उनी मुलतः गैरसरकारी संस्थाहरु सञ्चालन गर्दै विदेशी सहयोग गाउँमा भित्र्याउन सहयोगी छन् । तर मतदाताहरुले उनलाई आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने व्यक्तिका रुपमा पनि बुझ्ने गरेका छन् । लुक्लामा नीजि विद्यालय सञ्चालन गर्ने भन्दै विदेशी दातृ निकायसंग मोटो रकम व्यवस्थापन गरि हिनामिना गरेको आरोप लाग्ने गरेको छ । बोर्डिङ स्कुल चलाउने भनेको भवनमा उनले होटल सञ्चालनको तयारी थालेको बताइएको छ । छात्रबृत्तिदेखि अन्य सहायतामा उनले विभेद र आश्वासन बढि बाँड्ने गरेको लुक्लाका बासिन्दाहरु बताउँछन् । नेपाली काँग्रेसको संगठन बलियो भएपनि योग्य उम्मेदवारमा नेपाली काँग्रेस चुकेको विश्लेषण गर्ने गरिएको छ ।
काँग्रेसबाट उम्मेदवार बनेका दावाग्याल्जेन शेर्पाको कमजोर व्यक्तित्वको फाइदा एमाले र माओवादीको अन्य दुई उम्मेदवारलाई पुग्ने देखिन्छ । आङफूर्वा शेर्पालाई समेत लुक्लाका रैथालेलाई मात्रै च्याप्ने आरोप लाग्ने गर्दछ भने नाम्गेल शेर्पा खोटाङबाट लुक्ला आयातित नागरिक हुन् । उनले पछि बसाई सरि आएका व्यक्तिहरुको बढि अपनत्व लिने गरेको आरोप लाग्ने गरेको छ ।
एक मौका पर्खिरहेका नाम्गेल
अघिल्लो पटक उक्त गाउँपालिकाको उपाध्यक्षका लागि उम्मेदवार बनेका नाम्गेल शेर्पा यस पटक वडाध्यक्षमा खुम्चीएका छन् । माओवादी केन्द्रका खुम्बु गाउँपालिकाको इन्चार्ज नै भए पनि उनी किन वडाध्यक्षमा सिमित बन्दैछन् भन्ने प्रश्न उब्जीएको छ । यद्यपी उनले विभिन्न सार्वजनिक अभिव्यक्तिहरुमा खुम्बुको सबै स्थानीय तहमा माओवादी पार्टीको उपस्थिति बलियो बनाउन पहिले वडाको जनप्रतिनिधि भएर काम गरी प्रमाणित हुन जरुरी रहेको टिप्पणी गर्ने गरेका छन् ।
सानै उमेरदेखि खुम्बुमा संघर्ष गरी जिवन गुजारा र राजनीति गरिरहेका नाम्गेल विकास निर्माणको एक स्पष्ट मार्गचित्र बोकेका व्यक्ति हुन् । लुक्लामा विभिन्न संघसंस्थाहरुमार्फत काम गरेका नाम्गेल युवा समूह तथा विकासप्रेमीहरु माझ निक्कै प्रिय छन् ।