ओखलढुंगा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ओखलढुंगाले वार्षिकोत्सव भव्य कार्यक्रम गरि मनाएको छ । पाँचौ वर्ष पार गरि छैटौ वर्ष प्रबेश गरेको अवसरमा ओखलढुंगा जिल्लामा पनि कार्यक्रमको आयोजना गरी मनाएको हो ।
स्थापना भएको छोटो समयमा नै नागरिकको पहुँचमा पुग्न सफल भएको यस कम्पनीले नागरिकको मन जित्न सफल भएको छ । सन्चालनको पाँचौ वर्ष पुरा गर्दा सम्म साथ, सहयोग पुर्याउने सरकारी तथा गैह्र सरकारी कार्यालय, राजनितिक दल, पत्रकार, स्थानियवासी, बिमितहरुलाई धन्यबाद ज्ञापन गरेको थियो । कम्पनीलाई उत्कृष्ट बनाउन योगदान गर्ने अभिकर्ता, एजेन्सी मेनेजर, एमडीआरटीलगायत ओखलढुंगा शाखामा विभिन्न माध्याम बाट सहयोग पुर्याउने सबै सहयोगी प्रति कृतज्ञता प्रकट गरेको थियो । ओखलढुंगा जस्तो बिकट पहाडी जिल्लामा रिलायबलको बजार उच्च बनाउन सफल भएकोमा खुशी ब्यक्त गर्दे आगामी दिनमा थप बिस्तार गर्दै जाने योजना रहेको स्टाफ लिलामाया थापा कार्कीले बताउनु भयो ।
नागरिकहरुप्रति विश्वास बढेकाले, गएको आर्थीक वर्षमा ओखलढुंगा जिल्लाको बिमा कम्पनीहरुको इतिहाँसमै पहिलो एमडिआरटी बनाउन सफल भएका थियौ, यो वर्ष पनि थप एमडिआरटी बनाउने प्रयासमा लागिरहेको बताउनु भयो । एमडिआरटी राजकुमार कार्कीले, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ओखलढुंगा नागरिकहरुको सारथी बन्न सफल भएको बताउँदै आगामी दिनमा थप पहुँच बिस्तार गरि नागरिकको दुख पिडाको मलहम बन्न सफल बनोस भन्दै शुभकामना दिनुभएको थियो ।
कम्पनीमा उत्कृष्ट बिमा योजना र बिमितलाई दिइने ऐच्छिक सुविधाहरु राम्रो भएकाले नागरिकहरुलाई बिमा गर्न आग्रह गर्नु भएको थियो । बिमितलाई दिइने सुविधा र अप्ठ्यारो पर्दा (क्लेम लिनु पर्दा) कम्पनीले समयमै भुक्तानी गर्ने भएकाले यो कम्पनीको बिमा योजना खरिद गरि ढुक्कले जीवन जिउन नागरिकहरुलाई आग्रह गरिएको छ । कार्यक्रममा सन्चारकर्मी, बिमित, स्थानिय बासी बैंक तथा बित्तिय संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।