ओखलढुंगा । सामुदायिक विद्यालयको शैक्षिक सुधारमा कुनै कसुर बाँकी नराख्ने गाउपालिका अध्यक्ष कमल तामाङले बताउनु भएको छ । चौतारा माध्यामिक विद्यालयले शुरु गरेको डिप्लोमा इन कम्प्युटर इन्जिनियरीङ कक्षा शुभराम्भ कार्यक्रममा बोल्दै अध्यक्ष तामाङ यस्तो बताउनु भएको हो ।
विश्व साक्षरता दिवसको अवसर पारेर विद्यालयले चालु शैक्षिक सत्रबाट पठनपाठन शुरु गरेको डिप्लोमा इन कम्प्युटर इन्जिनियरङ कक्षा औपचारीक शुभराम्भ गरेको हो । कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष तामाङले सामुदायिक विद्यालयको वेतिथि अन्त्य गर्न कुनै कसुर बाँकी नराखी विषेश गरेर घरपाइकमा बसेर काम गरेका शिक्षकहरुको कार्यशैली सन्तोषजनक नरहेको भन्दै सुधार नगरे साटपाट र सरुवा गर्ने अध्यक्ष तामाङले बताउनु भयो ।
शिक्षा क्षेत्रलाई सुधार गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकको संयुत्त २ दिने कार्याशाला गोष्ठी सञ्चालन गर्ने, शिक्षक दरबन्दी मिलान, विद्यालय मर्ज लगायतका कार्य असन्न संघ र प्रदेशको निर्वाचन लगतै गर्ने यहाँले दाबी गर्नु भयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष सुनिता अधिकारीले दुर्गम क्षेत्रका विद्यार्थी आफ्नो घर नजिक बसेर ग्रामिण परिवेशमा प्राविधिक विषय पढ्न पाउनु गौरबको विषय भएको भन्दै गुणस्तरीय पठनपाठनमा जोड दिनु भयो । कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष रोशन महताराले विद्यालयले गरेको प्रशंशा गर्दै आफुहरुले विद्यार्थी हक हितका लागि सधैं खबरदारी गरी रहेको बताउनु भयो ।
कार्यक्रममा स्वगत मन्तव्य राख्दै प्रधानध्यापक कमल बहादुर कट्वालले विद्यालयको आफुहरुले मेहनत गरेर डिप्लोमा इन कम्प्युटर इन्जिनियारीङ कक्षा शुरु गरेको बताउनु भयो । कार्यक्रमका अवसरमा सहायक प्रधानध्यापक हरि भुजेलले विद्यालयले ३ बर्षमा गरेका विद्यालय चित्र प्रस्तुत गर्नु भएको थियो ।
४८ जना सिट क्षमता रहेको विद्यालयले ३५ जना विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गर्न शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्ग खत्रीले बताउनु भयो ।
पछिल्लो केही बर्ष यत चौतारा माध्यामिक विद्यालयले विद्यालय अपग्रेड, आन्तरिक शुसासन र पारिदर्शीता, शैक्षिक सुधार भौतिक सुधार तथा व्यवस्थापन, सरसफाई लगायतका सुधारका कार्य गर्दै आएको छ । विद्यालयका कार्यक्रम र गतिविधिमा स्थानिय समुदायको सहभागीताले सुधारका संकेत अगाडी बढेको पाइएको छ ।