ओखलढुंगा । ओखलढुंगामा नेपाली लोक संगीत तथा साहित्य खोजी प्रतिभा–२०७९ आयोजना हुने भएको छ । ओखलढुङ्गा कला साहित्य समाजको आयोजनामा कला, साहित्य, संगीत क्षेत्रमा अशोज २६ गतेबाट प्रतिभा खोजी कार्यक्रम हुने भएको हो ।
प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत, लोकगीत, संगीत, नृत्यु, साहित्य विधामा प्रतिस्पर्धा गरी ओखलढुंगेली प्रतिभा घोषणा गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष खिलराज राईले जानकारी दिए । खिजीदेम्बा गाउँपालिकाको मुख्य प्रायोजनमा खिजीफलाटे बजारमा प्रतियोगिता हुनेछ ।
प्रतिभा पहिचानका लागि समाजले आवेदन खुल्ला गरिएको छ । जिल्लाभित्रका प्रतिभावन व्यक्तित्वले फारम भरेर प्रतियोगितामा सहभागि जनाउन सक्नेछन् ।
निर्धारित विधामध्ये साहित्य (कबिताबाचन) राष्ट्र, राष्ट्रियता र स्थानीय पहिचान झल्काउने बिषय बस्तुमा हुनु पर्ने सिमा निर्धारण गरिएको छ । १ सय ५० शब्दसम्म लेखिएका कविताले मान्यता पाउने, यसअघि प्रकाशित, प्रसारितले भने मान्यता नपाउने, व्यक्तिगत आक्षेप, पटाक्ष गर्ने खाले हुन नहुने उल्लेख छ ।
त्यस्तै, नृत्य विधातर्फ गीत नेपाली मौलिक र संस्कृतिक झल्काउने खालेमा मात्रै नृत्य प्रस्तुत गर्न सकिने, गीत र श्रीङ्गार, भेषभुषा प्रतियोगि आफैले गर्नुपर्ने, बढीमा ४ मिनेटमा नृृत्य सक्नुपर्ने, मापदण्ड तोकिएको छ ।
त्यस्तै, गायन विधातर्फ मौलिक लोकलयमा र भेगीय भाकाहरुलाई प्राथमिकता दिईने, मौलिक भेष–भुषा सहितको प्रस्तुतीलाई प्राथमिकता दिईने, आफैले पनि बाद्यबादन गरी गायन प्रस्तुत गर्न सकिने र संयोजित ट्याकमा पनि प्रस्तुति तर कुनै जात, धर्म, लिङ्ग र राजनीतिक दलहरुलाई गाली गलौज र अश्लील शब्द प्रयोग गरेका शब्दमा भने गायन अमान्य हुने महासचिव रामनाथ घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामै जन्मिएको पहिचान खुल्नेका लागि मात्रै प्रतियोगितामा भाग लिन दिने आयोजकको भनाइ छ ।
असोज २६ गते प्रतिस्पर्धी छनौट, २७ अभ्यास समय र २८ गते बाट प्रतिस्पर्धा शुरु हुने जनाइएको छ । प्रतियोगिताकैवीच ख्याती प्राप्त कलाकारहरुबाट सांगीतिक कार्यक्रम समेत हुने गरी तयारी भइरहेको समाजका ल्हमु शेर्पाले जानकारी दिइन् ।
प्रतियोगितामा छनौट भएकालाई प्रथम ओखलढुंगा प्रतिभा उपाधीसहित ३० हजारका साथमा ट्फी, प्रमाण पत्र र आकर्षक उपहारहरु प्रदान गर्ने आयोजकले जनाएको छ । त्यस्तै, द्धितीयले २० हजार तृतीयले १० हजार र सन्त्वनाले २ हजार नगदका साथमा प्रमाण पत्र, उपहारहरु प्राप्त गर्ने जनाइएको छ ।
जिल्लाव्यापी रुपमा आयोजना हुने प्रतियोगिता अन्तर्गत बार्षिक रुपमा ८ वटै स्थानीय तहमा प्रतिभा खोजी गर्न कार्यक्रम आयोजना गर्ने जनाइएको छ । खिजीदेम्बा गाउँपालिकाले बार्षिक बजेटबाटै प्रतिभा खोजीका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।
कसरी सहभागि हुने ?
समाजले फेसबुकपेज, गुगलफारम, फोन वा आफै उपस्थित भएरपनि फारम भर्न सकिने छ । काठमाडौंमा फारम भर्न समाजको कार्यालय आरुबारी, रेडियो ओखलढुंगाको स्टुडियो महाकालमा भर्न सकिनेछ । त्यस्तै, खिजीदेम्बा गाउँपालिकाको कार्यालय, खिजीफलाटे बजारस्थित होटल नोरलाहीमा फारम उपलब्ध छ । त्यस्तै, ओखलढुंगा सदरमुकाममा रेडियो ओखलढुंगाबाट फारम भर्न पाउने व्यवस्था गरिएको छ ।