ओखलढुंगा । किरात राई यायोक्खा जिल्ला कार्यसमितिको अध्यक्षमा पुनः थगेन्द्रराज राई चयन हुनुभएको छ । सदरमुकाम ओखलढुंगामा आज सम्पन्न आठौं अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, उपाध्यक्षमा जानुका राई, सचिवमा तारा हाङ राई, सहसचिवमा कविराज राई, कोषाध्यक्षमा विनिता राई हुनुहुन्छ । समिति १५ सदस्यीय बनेको हो । अधिवेशनले आगामी आगामी ३ बर्षका लागि चयनसँगै यायोक्खाको भावि कार्य योजना, प्रगती प्रतिवेदन समेत पारित गरेको छ । त्यस्तै, बुद्धिकुमार राईको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ । सदस्यहरुमा हेमालक्ष्मी राई, देउकुमार राई, टेकबहादुर राई र देवधन राई रहनु भएको छ ।
यसैवीच किरात राई समुदायको पहिचानको रुपमा निर्माण भएको तुम्लो खिम भवनको उद्घाटन भएको छ । सिद्धीचरण नगरपालिका वडा नं. ११ कालिकास्थानमा निर्माण भएको भवनको एक औपचारिक कार्यक्रमकाबीच केन्द्रीय अध्यक्ष दिवस राईले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार राई, प्रहरी प्रमुख सुकदेव खनाल, सर्वधन राई, धीरेन्द्र राई, दीपेन्द्र रुम्दाली लगायतका नेताहरुको उपस्थिती थियो । त्यस्तै, प्रदेश लेखा इकाई कार्यालयका प्रमुख ध्यानवीर राई, जनता समाजवादी पार्टीका अध्यक्ष खेमराज खड्का, कलाकार कल्याण राई, बाहिंग किरात मुलुखिमका उपाध्यक्ष हेमालक्ष्मी राई, पत्रकार महासंघका अध्यक्ष लाक्पा जी शेर्पा लगायतले कार्यक्रममा धारण राख्नुभएको थियो ।