नेपालमा हरेक हप्ता या महिनामा हुने सवारी दुर्घटनामा कतिको ज्यान जान्छ, कत्ति अंगभंग हुन्छन् । सरकारले यसको न तथ्यांक राख्छ, न दुर्घटनाको छानबिन, अनुसन्धान नै गर्छ ? कति सस्तो जीवन मरण भयो है नेपालीको !
- बसको सीटको क्षमताभन्दा धेरै यात्रुहरु चढाउनेलाई कसले कारबाही गर्छ ?
- बसको नियमित 'इन्सपेक्सन'को सही या गलत छुट्याउने अनुगमन कसले गर्छ ?
- सडक बाटोको आकार, बनावटको सांकेतिक चिन्ह, गतिको मापदण्डको निर्धारण कसले गर्छ ?
- चर्को आवाजमा क्यासेट बजाउने प्राय: ड्राइभरहरुको परम्परा नै रहेको पाइन्छ जसले गर्दा अर्को बस या सवारीसाधनको हरन सुनिँदैन । यो लापरवाही रोक्ने कसले ?
- पिच हुन नसकेको कच्ची सडकमा बर्सौनी भलबाढी पसेर भत्किने, पैर्हो जाने, खाल्डा खुल्डी पर्ने हुँदा त्यहाँ राज्य, निकाय कसैको ध्यान जाँदैन, तेस्तो सडक बाटोलाई खतराको सुचीमा राख्ने कि रोड पर्मिट दिने ?
हिजो भएको बस दुर्घटनामा ज्यान जाने ओखलढुंगेलीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली । दुर्घटनामा अकालमा मृत्यु हुनेको रगतले यातायात मन्त्रालय, विभाग र सम्बन्धित सबैलाई पोलोस् ।