काठमाडौं । रामेछापकी चेली तथा पछिल्लो समयको चर्चित गायिका कल्पना सुनुवारको “सुनुवार” भाषाको गित”गे तेङा गो तेङा तेङ”को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्पना सुनुवार र तारादेवी सुनुवारको संयुक्त प्रस्तुती रहेको गितको क्वालिटी फिल्मस् नेपाल नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
आफ्ना भाषा ,सस्कृतिलाई जोगाउने उदेश्य सहित गायिका सुनुवारले सुनुवार भाषाको गित गे ते ङा गो ते ङा गित सार्वजनिक भएको हो । गितमा गायिका सुनुवारकै आवाज रहेको छ भने तारादेबी सुनुवारको शब्द रहेको छ । गितमा रामेछाप सांस्कृतिक कलाकार समाज रामेछापका पुर्व अध्यक्ष रामकुमार पौडेलको लय रहेको छ ।
तारा देवी सुनुवारद्धारा लिखित उक्त गितमा कल्पना सुनुवारको स्वर र राम कुमार पौडेलको संगित रहेको छ । गायिका स्वंयम कल्पना सुनुवार र प्रकाश सुनवारको मुख्य अभिनय रहेको भिडियोमा सुनुवार जातिको संस्कृती लाई देखाउने प्रयास गरिएको छ ।
गायिका सुनुवार २०६८ सालदेखी गायन क्षेत्रमा लागेपनी २०७४ सालमा पहिलो पटक आफ्नै लगानीमा “डाडैमा बिजुली आयो” गित बजारमा ल्याएकी थिइन । डाडैमा बिजुली आयो भन्ने गित धेरै श्रोता दर्शकले रुचाए पछी क्रमिक रुपमा आँखै नलाउनी, मयालाई, घुमाउछु रामेछाप, जिन्दगानी, मायाकै सम्झना लगाएत दर्जनौं गित गाएकी छिन ।
गायिका कल्पना सुनुवार आफ्नै भाषाको सुनुवार गित भने “गे तेङा गो तेङा तेङा” पहिलो प्रयास रहेको उनी बताउछिन् ।
सुनुवार भाषाको गित क्वालिटि फिल्मस् प्रालीबाट बजारमा आएको छ भने अहिले सबै तिर चर्चा बटुली रहेको छ ।