ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिकालले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट ४६ करोड ४८ लाख ४५ हजार बजेट पेश गरेको छ । गाउँपालिकाले आयोजना गरेको गाउँसभामा उक्त बजेट पेश भएको हो ।
प्रस्तुत बजेटबाट आर्थिक विकास पुजीगत तर्फ १ करोड २५ लाख, सामाजिक विकास पुँजीगततर्फ १ करोड ८० लाख, पूर्वाधार विकास पुँजीगततर्फ २ करोड ७६ लाख ३ हजार, सुशासन तथा अन्तर्सम्बन्धित क्षेत्र पूजीगततर्फ ८० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक चालुतर्फ ९ करोड १५ लाख ९० हजार १ सय, संघीय सशर्त अनुदान चालुतर्फ १८ करोड ३३ लाख ४८ हजार ९ सय, प्रदेश सशर्त अनुदान चालुतर्फ, ९३ लाख ३ हजार, समपुरक योजना खर्चतर्फ २ करोड ७६ लाख ३ हजार, सामाजिक सुरक्षा खर्चतर्फ ८ करोड २० लाख र विपद् व्यवस्थापन तर्फ १ करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ ।
हिजो आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष नवराज केसीले गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँपालिका उपाध्यक्ष दीलामाया मगरले बजेट प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले पालिका भित्रको शिक्षा, स्वास्थ्य, आवास र रोजगारी जस्ता आधारभुत मानविय आवश्यकता परिपुर्ति गर्ने र त्यस्ता क्षेत्रहरुको विकास र प्रवद्र्धन गर्ने, विभिन्न कारणले आय आर्जन गुमाएकाहरुलाई नयाँ रोजगारीको सिर्जना गर्ने, उच्च र दिगो आर्थिक बृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलस्रोत र साना तथा मझौला उधोगका क्षेत्रमा पुँजी परिचालन गर्ने, सुशासन, पारदर्शिता भन्ने अभिप्रायका साथ आम पालिका बासीलाई छिटो छरितो गुणस्तरीय र परिणाममुखी सेवा प्रदान गर्ने, जलवायु अनुकुलन पर्यावरणीय संरक्षण र विपत व्यवस्थापन तथा न्यूनिकरण सम्बन्धी कार्यहरु गर्ने, लैंगिक समानता र सामाजिक सुरक्षा कायम गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचनलाई कायम राख्दै गाउँपालिकालाई उत्कृष्ट रुपमा स्थापित गर्ने,साँस्कृतिक भौतिक पर्यटन शैक्षिक तथा कृषि वन वातावरण क्षेत्रको विकासका लागि सम्वद्द सवै पक्ष सगँ भगिनी सम्बन्ध राख्ने लगायतका विषयलाई प्राथमिकतासाथ नीति तथा कार्यक्रममा समेटेको छ ।