ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका १ को भारतीछापमा आज विहान बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भित्रि कच्ची सडकमा रोकेर राखिएको ट्याक्टरलाई क्रस गर्ने क्रममा प्र२-०३-००१ ज ००८७ नं को बोलेरो दुर्घटनामा परेको हो ।
बोलेरो आज विहान उकालो चढ्न नसकेर पछाडि सर्दा २० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेहरुलाई प्रहरीले उद्दार गरेर ओखलढुंगा सामुदायिक अस्पताल पठाएको छ । घाइतेहरुको अवस्थामा सामान्य रहेको र उपचारपश्चात डिस्चार्ज हुने तयारीमा रहेको प्रहरीले जनाएको छ । बोलेरोका चालक सिद्दिचरण नगरपालिका १ बस्ने अन्दाजी वर्ष ४० का कर्णबहादुर घिमिरे प्रहरी चौकी निशंखेको नियन्त्रणमा रहेका छन् ।
दुर्घटनामा घाइते हुनेहरु निम्नानुसार रहेका छन्-
१) सिद्दिचरण न.पा.०१ बस्ने अं. वर्ष ४१ की सिता बि.क.बाहिरी चोट नभएको सामान्य ।
२) ऐ.ऐ. बस्ने अं. वर्ष ४२ की देवकी वि.क. सामान्य ।
३) ऐ.ऐ. बस्ने अं. वर्ष ४७ की दिल कुमारी वि.क.ढाड र बाया हाटमा सामान्य दुखेको बाहिरी चोट नभएको अवस्था सामान्य ।
४) ऐ.ऐ.बस्ने अं.वर्ष ५० की मन कुमारी वि.क.को ढाड र बाया हात सामान्य दुखेको बाहिरी चोट नभएको अवस्था सामान्य ।
५) ऐ.ऐ.बस्ने अं. वर्ष ४२ की विष्णु वि.क. सामान्य ।
६) ऐ.ऐ. बस्ने अं. वर्ष ६० को भिम वि.क. घिमिरे सामान्य ।
७) ऐ.ऐ.बस्ने अं. वर्ष २४ की रेनुका थापा मगर सामान्य ।
८) रेनुका थापाकी छोरी अं. वर्ष ३ की विमला मगर सामान्य ।