ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले जिल्लाका ७५ वटै वडामा ‘वडा सम्मेलन’ सुरु गरेको छ । कांग्रेसको रूपान्तरण अभियानलाई बल पुर्याउने उद्देश्यले जिल्लाभर वडा सम्मेलन कार्यक्रमको आयोजना थालिएको हो ।
जिल्ला तहका नेता, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधी, क्षेत्र र नगरका प्रतिनिधीहरूको उपस्थितीमा सम्मेलन भइरहेको कांग्रेसका जिल्ला सचिव अजय लुइटेलले जानकारी दिनुभयो । अब जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान सञ्चालन गरिएको उहाँको भनाई छ ।
अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने कांग्रेसको भनाई छ ।
कुन्तादेवीमा आज सम्मेलन
आज कुन्तादेवीमा कांग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ । वडा सम्मेलन वडा सभापति साेमप्रसाद दाहाल, पार्टी जिल्ला सभापति तेजन खनाल, नेता बालकृष्ण दाहाल, प्रदेश सदस्य कुमार लुईटेल, जिल्ला कार्य समिति सचिव अजय लुइटेल, पार्टी प्रबक्ता प्रदिप बानिया, महिला सघं केन्द्रीय सदस्य संगिता तामाङ, तरुण दल नेता प्रदिप गुरुङ, ने वि सघं केन्द्रीय सदस्य प्रतिनिधि राजेन्द्र पराजुली, जिल्ला सदस्यहरू धन बहादुर वानिया, धन बहादुर गिरी, ट्रेड युनियन काङ्ग्रेस जिल्ला सभापति फडिन्द्र दाहाल, पालिका प्रबक्ता धर्म प्रसाद फुयाल, क्रियाशील सदस्यहरु, बुद्धिजीवी, भद्र भलादमी लगायतकाे उपस्थितिमा सम्पन्न भएको थियो।