ओखलढुंगा । कोरोना भाइरसको संभावित संक्रमणको रोकथामका लागि जिल्ला सदरमुकाम क्षेत्रमा शुक्रबार र शनिबार सामुहिक सरसफाई गरिने भएको छ । सदरमुकाम क्षेत्रमा १० क्लष्टर निर्माण गरी सामुहिक सरसफाई गर्न लागिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कोरोनाबाट हुने संभावित संक्रमणप्रति सजगता सम्बन्धी बैठकबाट मिलनचोक, रामबजार, हुलाकडाँडा, भैरबटोल, जिल्ला समन्वय समिति टोल, सोब्रु, रमाइलोडाँडा, गणेशचोक, सिद्धिचरण पार्क र नगरपालिका क्षेत्रमा सरसफाई गर्ने निर्णय गरिएको छ । सरसफाईको नेतृत्व नगरपालिका, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय टोल विकास संस्था, आमा समूह, सहकारी, बैंकर्स, क्लब तथा गुठी, सञ्चारकर्मीलगायतले गर्ने भएका छन् ।
सरसफाई २५ जना बढी नहुनेगरी गर्ने तयारी गरिएको छ । सरसफाई विहान ७ बजे सुरु गर्ने निर्णय भएको छ ।