ओखलढुंगा । विश्वव्यापी महामारी रुप लिएको कोरोनामा भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले हालसम्म गरेको कार्य प्रगति सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले हालसम्म गरिएका क्रियाकलापहरुको प्रगति सार्वजनिक गरेका हुन् ।
नगरप्रमुख श्रेष्ठले १० वटा बुँदामा कार्यप्रगति सार्वजनिक गरेका हुन् । जसमा नगरपालिकाले कोरोनाको संक्रमणलाई मध्यनगर गरी नगर क्षेत्रभित्र रहेका ओखलढुगा सामुदायिक अस्पताल, ओखलढुंगा क्याम्पस, सगरमाथा जनता मावि, जापा मावि, शुभलक्ष्मी बोर्डिङ स्कूल, सोब्रु इङलिस स्कूल, युवावर्ष आधारभूत विद्यालय, ब्याडमिन्टन कभर्डहल, लालीगुराँस बोर्डिङ स्कूल, नारायणस्थान मावि, रुमजाटार माविलगायतलाई क्वारेन्टाइन स्थल तोकी व्यवस्थापकीय काम गरिररहेको उल्लेख छ ।
प्रगति विवरणमा नगरपालिका कार्यालय र रमाइलोडाँडामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको, नगरस्थित विभिन्न माद्यमिक विद्यालयहरुमा स्वास्थ्य शिक्षा सम्बन्धी कक्षा सञ्चालन गरिएको, कोरोनाका लक्षणहरु र संक्रमणबाट बच्ने उपायहरु सम्बन्धी जनहितमा जारी सन्देशहरुको ब्यानरतयारी गरी सबै वडा कार्यालय र वडाका स्वास्थ्य संस्थामा टाँस गरिएको, स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेकसन इक्वीपमेन्ट (पीपीई) १० थान खरीद गरी वितरण गरेकोलगायतका क्रियाकलाप नगरपालिकाले गरेको उल्लेख छ ।
हेर्नुस् सिद्धिचरण नगरपालिकाको हालसम्मको प्रगति