ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले जिल्लामै पहिलोपटक लकडाउनबाट प्रभावित नगरक्षेत्रमा बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय परिवारलाई राहत वितरण गर्न थालेको छ । नगरपालिकाले ११ नं वडाबाट राहत वितरण थालेको हो ।
११ नं वडाका विभिन्न ठाउँमा पुगेर नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, उपमेयर इच्छाकुमारी गुरुङ, ११ नं वडाका वडाध्यक्ष विनोदकुमार केसीलगायतले असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत दिएका छन् । नगरपालिकाले विभिन्न मापदण्ड बनाएर लकडाउन प्रभावित ११ नं वडाका ४५ घरधुरीलाई वितरण गरेको छ ।
नगरभरि ५३४ परिवालाई राहत दिइने
सिद्धिचरण नगरपालिकाले १२ वटा वडामा नामावली टुंगो लगाएर ५ सय ३४ परिवारलाई राहत उपलब्ध गराउन थालेको छ । आइतबारको नगर कार्यपालिकाको बैठकले संघीय सरकार र प्रदेश सरकारले जारी गरेको लकडाउनको कारण असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहहरुलाई दैनिक जीवनयापनको लागि राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन २०७६ अनुसार वडा वडाबाट आएका नामावली टुंगो लगाएर राहत वितरण थालेको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले बताए ।
नगरपालिकाले राहत दिँदा एकदेखि दुई जनासम्म सदस्य भएका परिवारलाई चामल १० केजी, दाल १ केजी, नून १ केजी र तेल आधा लिटरका दरले व्यवस्था गरेको छ । तीन जना देखि बढीमा पाँच जना सदस्य भएका परिवारलाई चामल १५ केजी, दाल १.५ केजी, नून १ केजी र तेल १ लिटरका दरले वितरण गर्न थालिएको छ । यस्तै पाँचजना भन्दा बढी सदस्य भएका परिवारलाई चामल २० केजी, दाल २ केजी, नून १ केजी र तेल १.५ लिटरका दरले उपलब्ध गराउन थालिएको छ ।
कहाँ कति राहत दिइँदै ?
नगरपालिकाका वडा वडामा तीव्रगतिमा राहत वितरण हुँदैछ । नगरपालिकाले राहत दिनेको नामावली टुंगो लगाइसकेको छ । जसमा वडागत विवरण यसप्रकार रहेको छ ।
वडा |
घरसंख्या |
परिवार संख्या |
१ |
५१ |
१९७ |
२ |
६९ |
२५१ |
३ |
३५ |
१३८ |
४ |
४० |
१४८ |
५ |
४८ |
१४७ |
६ |
२६ |
९३ |
७ |
५७ |
१८७ |
८ |
४९ |
२१५ |
९ |
४५ |
१५० |
१० |
४५ |
१७८ |
११ |
४५ |
१७० |
१२ |
२४ |
७२ |
जम्मा |
५३४ |
१९४६ |