ओखलढुंगा । लायन्स क्लब अफ काठमाडौँ ओखलढुंगाको संयोजनमा संकलित स्वास्थ्य सामग्री ओखलढुंगाका ८ वटै स्थानीय तहमा वितरण थालिएको छ । क्लबको संयोजनमा दर्जनौँ संघ संस्था र व्यक्तिबाट संकलित सामग्री वितरण थालिएको हो ।
मंगलबार काठमाडौँमा लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र चिशंखुगढी गाउँपालिकालाई पीपीई ५ थान, साबुन १ हजार ३२ थान, मास्क ५ सय थान, औषधि २ कार्टुन, पञ्जा २ सय थान र सेनिटाइजर १६ थानका दरले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेल, चम्पादेवी गाउँपालिकाका प्रवक्ता अजय लुइटेल र चिशंखुगढी गाउँपालिकाका कार्यपालिका सदस्य काजीमान राईलाई तीनवट स्थानीय तहको सामग्री हस्तान्तरण गरिएको हो । बाँकी ५ वटा स्थानीय तहलाई चाँडै स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी भइरहेको क्लबका अध्यक्ष बालकृष्ण दाहालले जानकारी दिए ।
रावादोलु भुसिगा सरोकार समाज काठमाडौं ८,यसमा सेवा समाज, ओखलढुङ्गा काठमाडौं ९,गाम्नागटार सेवा समाज, काठमाडौं १०,सहिद लिला यसोदा दाहाल स्मृति प्रतिष्ठान, काठमाडौं ११, नेपाली कांग्रेस ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क समिति,१२नेपाल कम्यूनिष्ट पार्टी ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क मञ्च १३,नेपाली कांग्रेस लिखुओखलढुङ्गा काठमाडौं सम्पर्क समिति १४, डा रेवतबहादुर कार्की,१५, टेकबहादुर बस्नेत,गाम्नागटार १६, केशव बाबु र विशाल बाबु खतिवडा रहेका छन् ।
स्वास्थ्य सामग्री लायन्स क्लब अफ काठमाडौँ ओखलढुंगा, लायन्स क्लबका डिस्ट्रिक ३२५ ए वान, रिजेन्सी, मोडल, कान्तिपुर शाखा, ओखलढुंगा विपद व्यवस्थापन समाज काठमाडौँ, नेकपा ओखलढुंगा काठमाडौँ सम्पक मञ्च, रावादोलु भुसिंगा सरोकार समाज काठमाडौँ, यसम सेवा समाज ओखलढुंगा काठमाडौ, गाम्नाङटार सेवा समाज, काठमाडौं, सहिद लिला यसोदा दाहाल स्मृति प्रतिष्ठान काठमाडौं, नेपाली कांग्रेस ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क समिति, नेपाली कांग्रेस लिखु ओखलढुङ्गा काठमाडौं सम्पर्क समिति, डा. रेवतबहादुर कार्की, टेकबहादुर बस्नेत गाम्नाङटार, केशव बाबु खतिवडा र विशाल बाबु खतिवडाबाट संकलन गरिएको थियो । विपदका बेला सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने भावनाले स्वास्थ्य सामग्री सहयोग गरेको नेकपा ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चका पूर्व एमाले उपाध्यक्ष सुनिल खड्का कटुवालीले बताए ।
सहयोग कार्यक्रम
सबै स्थानीय तह र ७५ वटै वडामा सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौँ ओखढुंगा र ओखलढुंगा विपद् व्यवस्थापन समाजे कोभिड १९ सहयोग कार्यक्रम ओखलढुंगा सुरु गरेका छन् । ओखलढुंगामा सहयोग जारी राख्न कार्यक्रम सुरु गरिएको क्लबका अध्यक्ष दाहालको भनाई छ ।
यी संस्थामार्फत सहयोग गर्न चाहनेहरुले लायन्स क्लब अफ काठमाडौँ ओखलढुंगाका अध्यक्ष बालकृष्ण दाहालको मोबाइल नम्बर ९८५१०४०४५६, प्रथम उपाध्यक्ष नानीबाबु बुढाथोकीको मोबाइल नम्बर ९८५१०३६७७४, सचिव कुमार लुइटेलको मोबाइल नम्बर ९८५१२८७८६०/९८१५७१७५८५, ओखलढुंगा विपद् व्यवस्थापन समाज काठमाडौँका सह अध्यक्ष गुरु केदार बरालको मोबाइल नम्बर ९८५११५४४९३/९८५१२०३२०८ र कोषाध्यक्ष संगीता तामाङको मोबाइल नम्बर ९८५११९५६४० मा सम्पर्क गर्न आह्वान गरिएको छ ।