ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाका एकाघरका दाजुभाइले जिल्लामै नमुना कृषि फारम सञ्चालनमा ल्याएका छन् ।
दाजुभाइ होमबहादुर मगर र रुद्रबहादुर मगर ८ सय हेक्टरमा व्यवसायिक किवी फार्म हेर्दै रहरलाग्दो देखिन्छ । उहाँहरुलाई अरु दुई जना दाजुहरुले साथ दिएका छन् ।
परिवारका दाजुभाइ सल्लाह गरेर किवी फार्म सञ्चालनमा ल्याएको रुद्रबहादुर मगरले बताउनुभयो । उहाँले दुई दाजुभाइ फार्ममा काम गर्ने र अरु दुई जना काठमाण्डौमा रहेर बजार व्यवस्थापन लगायतका काम भइरहेको जानकारी दिनुभयो ।
किवी फार्ममा भेटिएका रुद्रबहादुर र होमबहादुरले किवीले आम्दानी दिन थालेपछि मेहनतको फल आउनेमा ढुक्क रहेको बताउनुभयो । परम्परागत खेतीले व्यावसायिक बन्न नसकेपछि किवीतर्फ लागेको रुद्रबहादुरको भनाइ छ ।
उनीहरुको प्रगतिदेखेपछि जिल्लाका अन्य किसानहरु समेत किवीको परीक्षण गर्न थालेका छन् । खिजीदेम्वा, सिद्धिचरण नगरपालिकामा समेत दुई ओटा किवी फार्म सञ्चलानमा आएका छन् । मगर दाजुभाइको किवी फार्ममा अहिले ३ सय बढी बोटमा लटरम्म किबी फलेका छन् ।
सुरुमा रहरले रोपेको किवीले अहिले राम्रो आम्दानी दिन थालेको कृषक होमबहादुर मगरले बताउनुभयो । सुरुका केही वर्ष स्याहार गरेपछि किवीले फल दिन थाल्छ किबीले १५ वर्षसम्म निरन्तर फल दिने कृषि बिज्ञ बताउँछन् ।
किवीमा समान्य खालका कुहिने रोगबाट जोगाएर बजारीकरण गर्न सके राम्रो भए आम्दानी हुन कृषक रुद्रबहादुर मगर बताउनुहुन्छ । समुद्री सतहबाट लगभग १२ सय मिटरदेखि २४ सय मिटरको उचाइसम्म किवी खेत गर्न सकिन्छ । किवीबाट जुस, जाम, तथा वाइनसमेत बनाइने गरिन्छ ।
यो फल पोषण सुधारका साथै पेट सम्बन्धीका रोगहरु निमोनिया, दम, रक्तचाप, मधुमेहजस्ता धेरैथरीका रोगको उपचारमा समेत उपयोगी हुने विज्ञहरु बताउँछन् । जिल्लामा यस्ता खालका किवी खेतीतर्फ कृषकहरुको आकर्षणसमेत बढ्न थालेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्राविधिक सहायक टीका बानियाँले बताउनुभयो ।
किवी गाउँघरमै प्रतिकेजी ७ सय रुपैयाँसम्म बिक्री हुने गर्छ । फागुन–चैत महिनामा फूल फुल्ने र कात्तिक–मङ्सिर महिनामा फल टिप्न सकिने यस फलको धेरैथरिका जातहरु विकास भएका छन् । किवीको व्यावसायिक विकासका लागि सरकारले अनुदान तथा बजारीकरणमा सहयोग गरे किसानहरु व्यावसायिक हुने किसान बताउँछन् ।
मगरदाजुभाइले हेवाइ, बरुनो, अलिसन, अण्वुट, मोन्टी र ग्रासी लगयतका जातका किवी लगाएका छन् । त्यसमध्ये हेवाइले फद दिइरहेको छ । त्यस्तै भाले जातमा कोही, टुमोरी र माटुवा जात छन् । किवीका विभन्न जात जिल्लामा खेती सुरु गरिए पनि कृषि ज्ञान केन्द्रसँग भने आधिकारिक तथ्यांक नरहेको केन्द्रले जनाएको छ ।