ओखलढुंगा । कोरोना नियन्त्रणका लागि जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं १० बेतिनीले सर्वपक्षीय सर्वदलीय बैठक सम्पन्न गरेको छ । बैठक वडाध्यक्ष दामोदर धमलाको अध्यक्षतामा बसेको हो ।
बैठकले कोरोना भाइरसबाट बच्नका लागि वडाध्यक्ष धमलाको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरिएको छ । सर्वपक्षीय सर्वदलीय प्रतिनिधित्व हुनेगरी गठन गरिएको समितिमा कृष्णबहादुर खत्री, चोपनाथ धमला, थीरप्रसा धमला, तोयानाथ धमला, ऋषिकुमार धमला, गोपाल विक, प्रेमप्रसाद धमला, माइतीबहादुर विक, टीकाराम धमला, इन्द्रकुमार धमला, रमेशप्रसाद धमला, जीवनाथ धमला, पदमप्रसाद बाँस्तोला, भेषप्रसाद धमला, गोलबहादुर मगर, कुम्भबहादुर मगर, गन्धे मगर, टोकलबहादुर मगर, ललितबहादुर मगर, चक्रबहादुर मगर, सन्तोष मगर, सीतामाया मगर, ऐतबहादुर मगर, ताराबहादुर मगर, नन्दलाल धमला र घनश्याम बाँस्तोला रहेका छन् ।
समितिले वडाभन्दा बाहिरबाट आएकाहरुलाई अनिवार्य रुपमा होमक्वारेन्टाइनमा राख्ने र अनुगमन गर्ने, अत्यावश्यकबाहेकका कुनैपनि सवारी साधन आवतजावतमा रोक लगाउने, वडाभित्र रहेका साना ठूला किराना तथा खाद्यान्न पसलहरु विहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न दिने, जमघट हुने कुनैपनि कार्यमा रोक लगाउने, वडाभन्दा बाहिर जानुपर्ने अवस्थामा अनिवार्य पास लिने, जुवा तास खेलकुदलगायतका क्रियाकलापमा रोक लगाउने, कोरोनाको लक्षण देखिएकाहरुलाई स्वास्थ्य संस्थामा पठाउनेलगायतका क्रियाकला पर्ने निर्णय गरिएको छ । समितिले नियमित वडाको अनुगमन गर्ने वडाध्यक्ष धमलाले जानकारी दिए ।