ओखलढुंगा । ओखलढुंगामा आत्महत्या गर्नेको दर बढ्दो छ । पछिल्ला तिन बर्षको तथ्याकं अनुसार जिल्लामा १ सय ६० जना भन्दा बढीले आत्माहत्या गरेका छन् । जिल्ला प्रहरी कार्यलयको तथ्याकं अनुसार आर्थीक बर्ष २०७४/०७५ मा ४१ जना , २०७५/०७६ मा ६१ जना र चालु आर्थीक बर्ष २०७६/०७७ मा ५८ जनाले आत्महत्या गरेको उल्लेख छ ।
जसमा महिला ४७ जना,पुरुष ८२ जना,बालक १० जना र बालिका ११ जनाले आत्माहत्या गरेका छन् । उमेर समुह अनुसार १० दखी १४ बर्ष सम्मका १० जना, १४ देखी १८ बर्ष सम्मका २१ जना, १८ देखी ३० बर्ष सम्मका ३७ जना,३० देखी ४० बर्षसम्मका २२ जना,४० देखी ५० बर्ष सम्मका २२ जना,५० देखी ६० का ३० जना,६० देखी ७० का ११, ७० देखी ८० का ६ र ८० भन्दा माथीका १ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।
आर्थीक बर्ष २०७४/०७५ मा महिला १२, पुरुष १७, बालक ५ र बालिका ७ गरी जम्मा ४१ जना,२०७५/०७६ मा महिला २४,पुरुष ३२,बालक १ र बालिका ४ गरी ६१ जनाले आत्माहत्या गरेका छन् । त्यस्तै चालु आर्थीक बर्ष २०७६/०७७ महिला ११, पुरुष ३३, बालक ४ र बालिका १० सहित ५८ जनाले आत्माहत्या गरेको तथ्याकंमा उल्लेख गरिएको छ ।
कुन स्थानिय तहमा कति ?
स्थानिय तह अन्तरगत सिद्धिचरण नगरपालिकामा आर्थीक बर्ष २०७४/०७५ मा ८ जना, ०७५/०७६ मा १४ जना र ०७६/०७७ मा २३ जनाले आत्माहत्या गरेका छन् । त्यस्तै मानेभज्याङ गाउँपालिकामा आर्थीक बर्ष २०७४/०७५ मा ३ जना, ०७५/०७६ मा १३ जना र ०७६/०७७ मा ९ जना रहेका छन् ।
खिजिदेम्बा गाउँपालिकामा २०७४/०७५ मा २ जना, ०७५/०७६ मा ८ जना र २०७६/०७७ मा ८, मोलुङ गाउँपालिकामा आर्थीक बर्ष २०७४/०७५ मा ७ जना, ०७५/०७६ मा ६ जना र ०७६/०७७ मा ३ जनाले आत्माहत्या गरेका छन् । यता चम्पादेबी गाउँपालिकामा आत्माहत्या गर्नेको संख्या आर्थीक बर्ष २०७४/०७५ मा ५ जना, ०७५/०७६ मा ७ जना र ०७६/०७७ मा ४ जना,सुनकोशीमा २०७४/०७५ मा ७ जना, ०७५/०७६ मा ५ जना र ०७६/०७७ मा ३ जनाले आत्माहत्या गरेको प्रहरी तथ्याकंमा उल्लेख छ ।
त्यस्तै चिशंखुगढी गाउँपालिकाबाट आर्थीक बर्ष २०७४/०७५ मा ३ जना, ०७५/०७६ मा ६ जना र ०७६/०७७ मा ६ जनाले आत्माहत्या गरेका छन् । लिखु गाउँपालिकामा आर्थीक बर्ष २०७४/०७५ मा ६ जना, ०७५/०७६ मा २ जना र ०७६/०७७ मा २ जनाले अत्माहत्या गरेको तथ्यांक आएको प्रहरी निरिक्षक बस्नेतले बताए । आत्माहत्या गरेकामध्ये अधिकांशले गरिबी, बेरोजगार, मादक पदार्थ सेवन लगायत कारणले आत्माहत्या गरेको पाईएको बस्नेतको भनाई छ ।
छैन कार्यक्रम
जिल्लाका बिभिन्न स्थानिय तहमा आत्माहत्याको दर बढीरहेको तथ्यांक सार्वजनिक भएपनि यसलाई न्युनिकरण गर्न यसबर्षको निति तथा कार्यक्रममा कुनैपनि कार्यक्रम समाबेश भएका छैनन् । सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले समाजमा बिकराल बनेको अत्याहत्याको घटनालाई न्युनिकरण गर्ने निती तथा कार्यक्रममा उल्लेख नभएपनि कार्यक्रम बनाएर जान सकिने बताईन् ।
मानेभज्याङ गाउँपालिकाले यसबर्ष मानेसामाजीक परामर्श शिर्षकमा बजेट छुट्याएपनि बिभिन्न कारणले कार्यक्रममा सञ्चालन हुने नसकेको गाउँपालिकाका उपाध्यक्ष सबिता राईले बताईन् । गाउँपालिकाले मनोसामाजीक परामर्शलाई आगामी आर्थीक बर्षको निती तथा कार्यक्रममा समाबेश गरेकाले यसलाई कार्यन्वयन चरणमा लैजाने उनको भनाई छ ।