ओखलढुंगा, साउन १२ । ओखलढुंगास्थित जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि कार्यालयले ५४ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।
प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद व्यवस्थापन, सुशासन लगायतका सेवाहरुलाई व्यावसायिक रुपमा सम्पादन गर्ने उद्देश्यले कार्ययोजना तर्जुमा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । कार्ययोजनामा जनमैत्री कार्यालय व्यवस्थापन, सुशासन तथा प्रभावकारी सेवा व्यवस्थापन, शान्ति सुरक्षा र अपराध नियन्त्रण, विपद् व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।
कार्ययोजना तर्जुमा गर्दा प्रशासन कार्यालयले कार्यालयलाई प्राप्त कानुनी अधिकार, स्वीकृत वार्षिक विकास कार्यक्रम तथा वजेट, नेपाल सरकार तथा प्रदेश सरकारवाट प्राप्त निर्देशन, गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारीविच भएको कार्यसम्पादन करार सम्झौता तथा स्थानीय वस्तुस्थिति समेतलाई आधार मानेको तयार गरेको जनाएको छ ।
यस्तै जिल्लास्थित सबै सरकारी कार्यालयहरूको समेत कार्ययोजना निर्माण भइरहेको प्रशासन कार्यालयको भनाई छ । कार्यालयले २०७७ साउन मसान्तभित्रमा सबै सरकारी कार्यालयको सुधार योजना तर्जुमा तथा कार्यान्वयन गर्नेगरी तयारी गरिरहेको बताएको छ ।
हेर्नुस् ओखलढुंगा प्रशासनको प्रशासन सुधार कार्ययोजना