ओखलढुंगा, साउन १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चम्पादेवी गाउँपालिका कमिटीको ५ औं विस्तारित बैठक सम्पन्न भएको छ । चम्पादेवी गाउँपालिकाको वडा नं ५ पुराना गाउँमा २५ सदस्यीय सचिवालय र विभिन्न ९ वटा विभाग गठन गर्दै बैठक सम्पन्न भएको हो ।
नेकपा चम्पादेवी गाउँपालिका कमिटीका अध्यक्ष खड्गबहदाुर कार्कीको अध्यक्षता एवंंं नेकपा ओखलढुंगा जिल्ला कमिटीका सचिवालय सदस्य तथा नेकपा चम्पादेवी गाउँपालिका कमिटी सह-इन्चार्ज सुरेश थापाको प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको थियो । बैठकले गठन गरेको २५ सदस्यीय सचिवालयमा खड्ग बहादुर कार्की, गणेश कार्की, नरबहादुर घिमिरे, फुलमान मगर, रत्न बुढाथोकी, जयबहादुर लामिछाने , गडुलध्वज राउत, कमल खडका, शान्ति ब बस्नेत, नवराज घिमिरे, र्कष्ण थापा , देविका भुजेल, कुमारी बुढाथोकी, कमला पोख्रेल, इन्दिरा कार्की, श्याम पौडेल, मदन माझी, बिरेन्द्र मगर, पुर्ण कान्छा गुरुङ, टुल्क तामाङ, गणेश खत्री, शान्ती बहादुर थापा, लिलाबहादुर बिक, तेजमान सुनुवार र दिल ब गुरुङ रहेका छन् ।
यस्तै विभिन्न विभाग अन्तर्गत अर्थ तथा योजना बिभाग प्रमुख खड्गबहादुर कार्की, प्रचारप्रसार तथा प्रकाशन बिभाग प्रमुख बीरेन्द्र मगर, युवा तथा खेलकुद विभाग गणेश केसी, संगठन बिभाग प्रमुख गणेश कार्की, स्कुल बिभाग प्रमुख कमल खड्का, पुर्व सुरक्षा संगठन बिभाग प्रमुख शान्ती बहादुर थापा, स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुख रत्न बहादुर बुढाथोकी र स्थानीय तह बिभाग प्रमुख इन्द्र बहादुर थापालाई जिम्मेवारी दिइएको छ ।