ओखलढुंगा, साउन १९* । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज ओखलढुंगासहित देशका विभिन्न जिल्लाका साना नदीमा आकस्मित बहाव हुनसक्ने जनाएको छ । महाशाखाले आज विहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै २४ घण्टाभित्र जिल्लाका साना नदीमा आकस्मिक बहाव हुनसक्ने जनाएको हो ।
महाशाखाले बुलेटिनमा ओखलढुंगासहित संखुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौँ, रसुवा, गोरखा, धादिङ, लमजुङ, तनहु, स्याङजा, कास्की, पर्वत, बाग्लुङ, गुल्मी, म्याग्दी, पाल्पा, नवलपरासी, चितवन, रुकुम, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटीलगायतका जिल्ला मध्यम जोखिममा रहेको उल्लेख गरेको छ ।
साथै सुनकोसी र तमोर नदीमा बहाव सतर्कता सम्म पुग्ने पूर्वानुमान रहेको बुलेटिनमा जनाइएको छ ।
यस्तै जल तथा मौसम विज्ञान विभागले भने आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको बुलेटिनमा प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर-पश्चिम प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।
बुलेटिनअनुसार आज राति भने देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएके छ ।
*सम्पादन गरिएको
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको आजको बुलेटिन हेर्न क्लिक गर्नुहोस्
http://hydrology.gov.np/cm/files/Flood%20Bulletin_03August%20_2020_7AM%20(%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%A3-%E0%A5%A7%E0%A5%AF)_1596418554464.pdf
जल तथा मौसम विज्ञान विभागको आजको बुलेटिन हेर्न यहाँ क्लिक गर्नुहोस्
http://www.mfd.gov.np/content/?id=2307