ओखलढुंगाको परिचय
जिल्लाको ऐतिहासिक पृष्ठभूमि
महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा रहेको जनविश्वास छ। मल्लकालिन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तार गर्न काजी भीम मल्ललार्इ यस भेगमा पठाएका थिए । उनले यहाँ राज्य चलाएका किरातलार्इ लखेटे । उनको फौजसँग धान भएको र यहाँको ठूलो ढुङ्गाको खोपिल्टामा धान कुटेर भात खाएकोले त्यही ढुङ्गाको ओखलको नामले यो ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने पनि जनश्रुति छ ।
जिल्लाको परिचय
नेपालको उत्तरपूर्वी तथा पूर्वाञ्चलको पश्चिमी भेगमा अवस्थित यस ओखलढुंगा जिल्ला पुर्णत पहाडी जिल्लाको रूपमा रहेको छ । यस जिल्लाको पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्वु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाहरू पर्दछन् । यो जिल्ला निर्वाचन क्षेत्रका आधारमा २ क्षेत्रमा विभाजित छ । साथै यस जिल्लामा ११ वटा र्इलाका १ नगरपालिका ५० वटा गा.वि.स. र कुल क्षेत्रफल १०७४ वर्ग कि.मी. रहेको छ । २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या पुरूष ६८,६८७ जना र महिला ७९,२९७ जना गरी कुल जम्मा १,४७,९८४ जन रहेको छ ।
पूर्व पश्चिम अन्दाजी ४८ कि.मी. र उत्तर दक्षिण ६७ कि.मी. फैलिएको छ । यो जिल्ला २७ डिग्री २ मिनेट उत्तरी अक्षांश देखि ३३ मिनेट उत्तरी अक्षांश सम्म र ८६ डिग्री १० मिनेट पूर्वी देशान्तरदेखि ८६ डिग्री ४१ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।
यातायातको सन्दर्भमा दक्षिण तिरबाट उदयपुर- कटारी हुँदै घुर्मि टोक्सेलघाटस्थित सुनकोशी र खोटाङको जयरामघाटस्थित दुधकोशीमा पक्की पुल निर्माणाधीन रहेको छ । जसमा हिउँदको समयमा बेलिब्रिज राख्ने गरिएको छ भने वर्षाको समयमा भने झोलुङ्रगे पुलबाट वारपार गरी यातायातको साधन प्रयोग गर्नुपर्ने वाध्यता रहेको छ । हवाइ सेवाको लागि रूम्जाटार विमानस्थल भएपनि धावनमार्ग कालोपत्रे गर्ने कार्य भैरहेकोले हाल हवार्इसेवा स्थगित रहेको छ ।
आर्थिक अवस्था
१३औं त्रिवर्षीय योजना चलिरहँदा पनि यस जिल्लाको आर्थिक अवस्था सु्ध्रिन नसकेको अवस्था छ । विकासका आधारभुत कुराहरू जस्तो यातायात, विद्दुत, संचार, सिंचार्इ, शिक्षा, स्वास्थ्य, खानेपानी आदि कुराहरूमा राम्रो विकास नभएकोले जनताले विकासको अनुभव गर्न सकेका छैनन् । यस जिल्लामा करिब ८० प्रतिशत मानिसहरू कृषिमा निर्भर छन् भने कोही सरकारी सेवामा र अन्य उद्दोग, व्यापार आदिमा आवद्ध छन् । फलफुल खेती र पशुपालन पनि यस जिल्लाका मानिसहरूको आयश्रोत हुन् । त्यस्तै भारी बोकेर जिविकोपार्जन गर्ने मानिसहरू पनि प्रशस्तै छन् । ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्लालार्इ तरार्इसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत सुनकोशी नदीमा पक्की पुल निर्माणाधीन रहेको हुँदा यस जिल्लाभर खाद्दन्न लगाएत अन्य दैनिक उपभोग्य वस्तुहरू महंगो हुनुका साथै यस क्षेत्रको कृषि तथा अन्य व्यवसायिक हुन नसक्दा जनताको आर्थिक अवस्था परम्परागत शैलीबाट माथि उठ्न सकेको छैन ।
सामाजिक अवस्था
अन्य जिल्लामा जस्तै यस जिल्लामा पनि विभिन्न जात जातीहरूको बसोबास छ । यस जिल्लामा ब्राम्हण, क्षेत्री र रार्इहरूको बाहुल्यता भए पनि अन्य जातिहरू भूजेल, मगर, सुनुवार, नेवार शेर्पा, कामी दमार्इ, सार्की, गुरूङ, तामाङ आदि जातजातिहरूको पनि बसोबास रहेको पार्इन्छ । यसरी विभिन्न जातिको मिश्रित बसोबास भएपनि धार्मिक सामाजिक सहिष्णुता रहेको छ । यस जिल्लाको बासिन्दाबीच सामाजिक समस्या रहेको पार्इदैँन ।
धार्मिक अवस्था
हिन्दु धर्मको बाहुल्यता रहेको यस जिल्ला शेर्पा, तामाङ, रार्इ, गुरूङ आदि जातिहरूले बौद्ध साथै किरात धर्म पनि मान्ने गरेको पार्इन्छ । हाल यस जिल्लामा न्यून संख्यामा क्रिश्चियन धर्मावलम्बीहरू पनि रहेका छन् । जिल्लाका विभिन्न स्थानहरूमा २८ वटा चर्च निर्माण भएका र अन्य स्थानबाट क्रिश्चियन धर्म प्रचारकहरू आएर धर्म प्रचार गरेको पार्इन्छ । निम्न आयस्तर भएका जनसमुदायहरू भए पनि दशैँ, तिहार, ल्होसार जस्ता चाड पर्वहरू राम्रोसँग मनाउँछन् । यस जिल्लाको विलन्दु गा.वि.स.मा अवस्थित पञ्चकन्या देवीको मन्दिरमा कार्तिक एकादशीका दिन ठूलो मेला लाग्ने गर्दछ । त्यसै गरी विभिन्न गा.वि.स.हरूमा अवस्थित मन्दिरहरूमा मेला लाग्ने गर्दछ र ती स्थानहरूमा प्रहरीले शान्ति सुरक्षा प्रदान गर्ने गरेको छ ।
राजनीतिक अवस्था
ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्रको आधारमा २ क्षेत्रमा विभाजित छ । यस जिल्लामा नेपाली काँग्रेस, एमाले, एमाओवादी, राप्रपा, नेकपा-माओवादी, संघीय समाजवादी, माले, नेकपा रहे पनि सक्रिय रूपमा भने ३ पार्टी नै क्रियाशील छन् । संसदीय निर्वाचनको सुरूदेखि नै वर्चस्व जमाउँदै आएको नेपाली काँग्रेस पहिलो संविधानसभा निर्वाचनमा २ वटै क्षेत्रबाट पराजित भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा २ वटै क्षेत्रबाट विजय हासिल गरेको एमाओवादी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित हुन पुग्दा एउटा क्षेत्र एमाले अर्कोमा काँग्रेस विजयी भएका छन् । २०७० सालको निर्वाचनमा एमाओवादी तेस्रो स्थानमा पुग्दा चौथो शक्तिको रूपमा संघीय समाजवादी पार्टी देखिएको छ । निर्वाचनको सक्रिय वहिस्कारमा लागेको नेकपा-माओवादीका गतिविधी निस्प्रभावी हुँदा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । हाल यस पार्टीका प्रतिनीधिहरूको गतिविधी पनि सामान्य नै रहेको छ । २०६७ असारमा एमालेका राष्ट्रिय प्रतिनीधि परिषद सदस्य छविलाल कार्कीको हत्यापछि एमाले र एमाओवादीबीचको सम्बन्धमा ठूलै उतार चढाव आए पनि घटना सेलाउँदै गएपछि फेरी सम्बन्ध सुधार हुँदै गयो र हाल आएर यहाँका सबै राजनीतिक दलहरू बीचको सम्बन्ध राम्रो नै छ । हालका दिनहरूमा यहाँका विकासका काम सहमतिको आधारमा हुने गरेको छ । अहिले जिल्लामा राजनैतिक पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको छ । छैठौं जिल्ला परिषद शान्तिपूर्ण रूपमा विवादरहित सम्पन्न भएको छ ।
यस जिल्लाबाट प्रतिनीधित्व गर्ने सभासद्हरू निम्नानुसार रहेका छन् ।
१. यज्ञराज सुनुवार (नेकपा प्रतिनिधि सभा )
२.अम्बिर बाबु गुरुङ (नेकपा प्रदेशसभा क्षेत्र क )
३. मोहन बहादुर खड्का (नेकपा प्रदेशसभा क्षेत्र ख )
जिल्लाको सडक यातायातसम्बन्धी विवरण
१. ओखलढुंगा-हर्कपुर टोक्सेल (सिद्धिचरण राजमार्ग-४२ कि.मी.)
२. ओखलढुंगा-निशंखे, रबुवाघाट (कृषि सडक २० कि.मी.)
३. ओखलढुंगा-रामपुर सडक (१६.५ कि.मी.)
४. ओखलढुंगा-जन्तरधाप सडक (२१.५ कि.मी.)
५. साँघुटार-घोडाखोरी सडक (२३.०५९ कि.मी.)
६. ओखलढुंगा-सल्लेरी, वेतिनी कृषि सडक (८ कि.मी.)
७. बरबोटे-मान्द्रे दोभान (९.८ कि.मी.)
८. ओखलढुंगा-ज्यामिरे-च्यानाम-मूलखर्क-फलाटेभञ्ज्याङ (३६ कि.मी.)
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको वेवसाइटबाट साभार सामग्री । -सम्पादक