ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा राहत व्यवस्थापनमा टुहुरेपन अपनाएको नेपाली कांग्रेस सिद्धिचरण नगर समितिले आरोप लगाएको छ । बैशखा १३ गते एक विज्ञप्ती मार्फत कांग्रेसले नगरपालिकाले गर्नुपर्ने संक्रमण रोकथाम, राहत, उद्धार तथा अन्तरपार्टी समन्वयमा कमजोरी गरेको आरोप लगाएको हो ।
‘'केही समय अघि वितरण गरेको राहत प्याकेजमा धेरै श्रमिक तथा असाहय वर्ग छुटेका छन्,'' नेपाली कांग्रेस सिद्धिचरण नगरपालिका संयोजक डिल्ली खनालले विज्ञप्ति जारी गर्दै भने, ‘‘स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्रीको व्यवस्थापन कमजोर छ नै, लकडाउनको समयमा जिल्ला बाहिर र सडकमा अलपत्र परेका नागरिकको उद्धारमा चासो देखाएको छैन् ।’’ अहिलेको विषम परिस्थितिबाट बाच्न र बचाउनका लागि नगरपालिकाले सम्पूर्ण राजनीतिक दल तथा अन्य सरोकारवालाहरुको समन्वयमा आवश्यक जनशक्ति तथा स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्नु पर्ने उनको भनाई छ ।
लकडाउनको समय बढ्दै जादा सम्भातिव खाद्यसंकटको अवस्थालाई मध्यनजर गरी नगरवासी श्रमिक, असाहय, अशक्त तथा विपन्न नागरिकहरुलाई कम्तीमा पनि एक महिना खान पुग्नेगरी राहत प्याकेजको व्यवस्था स्थानीय सरकारले मिलाउनु पर्ने, जिल्ला बाहिर रहेका तर घर आउन चाहाने नगरवासीलाई सुरक्षित तवरले घर ल्याउने र उनिहरुलाई चेकजाँच तथा आवश्यक क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने वा होम क्वारेन्टाइमा बस्न सचेत गराउने समेत आग्रह गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो संकलपूर्ण अवस्थामा समेत नगरप्रमुखले प्रतिपक्ष राजनीतिकदलहरु संग समन्व नै नगरी आफुअनुकुल हुने गरी एक वोरा चामल तीन भाग लगाएर बाँड्नु, अत्यावश्यकी स्वास्थ्य सुरक्षाका सामाग्री र स्वास्थ्यकर्मीहरुको उचिव व्यवस्थापन गर्न नसक्नुलाई कांग्रेसले टुहुरेपनको संघ्या दिएको छ । यो अवस्थामा कुनै राजनीतिक प्रतिशोधमा नअल्झी कोरोनासंग जुध्नका लागि सबै एक भएर बच्ने उपयहरु खोज्ने, विपन्न तथा श्रमिक वर्गलाई राहतको व्यवस्थापन गर्नु पर्ने,अप्ठ्यारोमा परेका घर आउन चाहाने नगरवासीलाई उच्च स्वास्थ्य सुरक्षा व्यवस्था सहित निशुल्क ल्याउने व्यवस्था मिलाउनु पर्ने खनालको भनाइ छ ।
थर्मल गन, पिपीइ, लगायत अनिवार्य आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गरी परिक्षणको दायरा बढाउन माग गरिएको नेपाली कांग्रेस सिद्धिचरण नगरपालिकाका उप सभापति रमेश प्रसाद धमलाले बताए । नगरपालिकाले वितरण गरेको राहतसमेत वास्तविक श्रमिक र असाहय वर्ग छुटाएर १० नम्बर वडाका वडा अध्यक्षले मानोमानीढंगले वितरण गरेको भन्दै पूनः राहतको व्यवस्था गर्नु पर्ने धमलाको आरोप छ ।
संभावित संक्रमणबाट नागरिकलाई जोगाउनका निमित्त अहोरात्र खट्नुहुने स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी लगायत प्रहरी प्रशासन, पत्रकार, राष्ट्रसेवक कर्मचारी सम्पूर्णप्रति धन्यवाद दिदै महामारी विरुद्धको अभियानमा कुनैपनि राजनीतिक आग्रह पूर्वाग्रह विना सरकारले गरेको लकडाउन लगायत गतिविधिमा सहयोग गर्न निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेको विज्ञप्ती मार्फत नेपाली कांग्रेस सिद्धिचरण नगरपालिकाले जनाएको छ ।