ओखलढुंगा । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख महेश यादवले सेटिङमा योजना सञ्चालन गरेर अनियमितता गर्ने गरेको समाचारले केही सातायता ओखलढुंगा गर्माएको छ । कोरोनाको कहर बिर्साउने गरी आएको समाचारले प्रमुख यादवलाई ठूलै तनाव आइपरेको छ ।
तनाव व्यवस्थापन गर्नका लागि उनी अनेक फण्डा रच्न व्यस्त छन् । आफू कसरी छानबिनको दायराबाट मुक्त हुने भन्ने विषयमा उनी लागिरहेको कार्यालयकै एक कर्मचारी बताउँछन् । यसैबीच उनले पैसै खर्च गरेर ध्याप्लु नयाँ प्रविधि सिंचाइ योजना उपभोक्ता समितिमार्फत नै भएको हो भनेर प्रचार समेत गराए । अख्तियारले अनुसन्धान गरिरहेको बेला पैसा तिरेरै गरिएको प्रचार नियोजित हो भन्ने प्रस्ट छ ।
किनकि त्यस योजनामा अनियमितता भएकै हो भन्ने आवश्यक प्रमाणहरु ओखलढुंगाखबरसँग सुरक्षित छ । कार्यालय प्रमुख यादवले कमिशनको सेटिङका लागि मानेभञ्ज्याङ गाउँपालिका वडा नं ४ मा का प्रकाश तामाङलाई प्रयोग गरेका थिए । ध्याप्लुसहित केही योजनामा तामाङले नै काम गरिरहेका छन् ।
सञ्चारमाध्ययममा ध्याप्लु योजनाबारे कार्यालय प्रमुखको सेटिङमा योजना पारेको, प्रमुख यादवले राखेका एजेन्ट तामाङले नै काम गरिरहेको, हिसाब खोज्न थालेपछि अध्यक्ष रहेका एकराज राईलाई थाहै नदिई फेरिएकोलगायतका विषय उठेका थिए ।
एकराज राईको गुनासो फेरि पनि सुन्नुहोस्
समाचार लेख्दा प्रमाण पनि राख्नुपर्छ भन्ने ओखलढुगाखबरलाई पनि थाहा छ । अब कार्यालय प्रमुखको एजेन्टको रुपमा काम गर्दै आएका प्रकाश तामाङले सेटिङमा बनाएका अध्यक्ष राजकुमार राईको कुरा पनि सुनौं । जहाँ राईले निर्धक्क हिसाबकिताब नखोज्ने शर्तमा घाटा नाफा जे भएपनि प्रकाश तामाङले काम गरिरहेको बताएका छन् ।
सुनौं यो अडियो
अझै विश्वास नलागे प्रकाश तामाङकै कुरा पनि सुन्न सकिन्छ । समाचार लेख्नुपूर्व उनले सो योजनामा आफूले काम गरेको स्वीकारेनन् । तर पछि समाचार प्रकाशित भएपछि असिन पसिन हुँदै फोन गरेका थिए । उनले ३३ लाखको योजना कसरी ४० लाखको भनेर लेखियो भनेर प्रश्न गरेका थिए । सो लगत्तै उनले सो योजना आफैंले गरेको हो भनेर स्वीकारे ।
सुनौं अडियो
समाचारमा योजनाको स्वीकृत लागत ४० लाख लेखिएको कथा पनि छुट्टै कथा छ । ओखलढुंगाखबरडटकमले समाचार प्रकाशनपूर्व जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट चालु आर्थिक वर्षमा सञ्चालित योजनाबारे सूचनाको हक प्रयोग गरेर सूचना माग गरेको थियो । कार्यालयबाट प्राप्त आधिकारिक सूचनामा ४० लाख नै लेखिएको छ ।
हेर्नुस् सूचना
हामीले अघिल्ला अंकहरुमा सिंचाइ कार्यालयका प्रमुखको मिलेमतोमा योजनामा कसरी अनियमितता भइरहेको छ भनेर सिरिजमा लेखिसकेका छौं । पढ्नुभएको छैन भने तल लिंक राखिएको छ ।
सिंचाइसँग सम्बन्धित यी समाचार पनि पढ्नुस्
सिंचाइ घोटला प्रकरण ढाकछोप गर्न रेडियो कार्यक्रम
सिंचाइ घोटला प्रकरण ५ : अख्तियार र जिल्ला समन्वय समितिको चासो
अनियमितताको सुचना बाहिरिएपछि उपभोक्ता धम्क्याउँदै यादव
फोकुल सिंचाइ योजनामा ठेकेदार र उपभोक्ता अध्यक्ष एकै व्यक्ति, ३ करोड बढीको चलखेल
सिंचाइ अनियतता प्रकरण २ : कतै हिसाब नखोज्ने पूर्वशर्त, कतै प्रलोभन
ओखलढुंगाको सिंचाइ कार्यालयमा असुलिन्छ योजनैपिच्छे कमिसन